‘लेखापरीक्षकको दररेट :-गाउँपालिकाको ३ लाख नगरपालिकाको ५ लाख’

 

बिज्ञापन

सरकारी लेखापरीक्षण प्रवृत्तिप्रति कतिपय सांसदहरुले असन्तृष्टि पोखेका छन् । सार्वजनिक लेखा समितिको कार्याक्रममा उनीहरुले लेखा परीक्षकहरुका लागि दर रेट नै ताकिएको,उनीहरुका लागि मासु र दारु नखाइ अडिट नै नगर्ने विकृती रहेको,मिलेसम्म रुजु र नमिलेमात्र बेरुजु देखाउने प्रवृत्ति रहेको भन्दै महालेखापरीक्षककै अगाडि खरो प्रश्न राखेका हुन ।
महालेखा परीक्षक तोयम रायालाई सांसदहरुले र्याखर्याखती पारेका छन् । हालैमात्र महालेखा परीक्षकको प्रतिवेदन सार्वजनिक गरेका तोयम राया पहिलोपटक सार्वजनिक लेखा समितिमा उपस्थित थिए,महालेखापरीक्षकको हैसियतमा । उनको हातमा थियो महालेखापरीक्षकको प्रतिवेदन ।

बिज्ञापन

त्यहाँ पुगेका महालेखापरीक्षकलाई सांसदहरुले खरो प्रश्न राखेका हुन । यसरी प्रश्न राख्नेमा स्वतन्त्र ससद अमरेशकुमार सिंहले बेरुजु बाहुवली भ्रष्टाचार भएको भन्दै लेखापरीक्षक जाँदा मासु मदिरा नखाई अडिट नै नगर्ने गरेको बिलको आधारमा लेखा परीक्षण हुन्छ कि सामानको आधारमा हुन्छ ? भन्दै प्रश्न राखे ।
यस्तै जिज्ञासा राखे रास्वपा सांसद मनिस झाले महालेखाका परीक्षकको कार्यालयबाट लेखा परीक्षण गर्न जानेलाई बजेट छुट्याइने गरेको उल्लेख गर्दै स्थानीय तहको बजेटको आकार अनुसार उहाँहरूलाई इन्टरटेन गर्नको लागि बजेट छुटाइएको प्रमाण देखाइदिने बताए । रास्वपाका सांसद हरि ढकालले अहिले भ्रष्टाचार गर्नका लागि अख्तियार र महालेखापरीक्षकको कार्यालयको डर नभएको बताए । लेखापरीक्षकको रेट नै रहेको उनले बताए । गाउँपालिकाको ३ लाख र नगरपालिकाको ५ लाख रेट रहेको उनले बताए ।

सांसदहरूको प्रश्नको जवाफ दिँदै महालेखापरीक्षक रायाले कतिपय विषयको जवाफ दिनु नपर्ने बताए । महालेखाबाट खटिएका कुनै पनि कर्मचारीले खर्च मागे जानकारी गराउन र अतिथि सत्कारमा खर्च गरेको भेटिएमा त्यो लेखेर ल्याउन भनेको बताए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्कृष्टको सम्मान पाएका प्रहरी घुससहित पक्राउ

नैतिकता र डिजिटल अस्तित्वको द्वन्द्व   

सिष्टम होइन अनुहार हेरेर सहसचिवको सरुवा

बालेन सरकारसँग डराएनन् कर्मचारी : महिना दिनमै १० रंगेहात पक्राउ

संघीय निजामती सेवा विधेयकमा कम्प्यूटर अपरेटरहरूको बढुवा व्यवस्था यथावत राख्न माग

यी हुन लामो समयदेखि सिंहदरबार नछाड्ने शाखा अधिकृत,उपसचिव र सहसचिवहरु

अब अवधि नपुगी कर्मचारीको सरुवा गर्न नपाइने

उपसचिवसम्मको सरुवाका लागि मुख्यसचिवको नेतृत्वमा सरुवा बोर्ड

बिशेष