‘लेखापरीक्षकको दररेट :-गाउँपालिकाको ३ लाख नगरपालिकाको ५ लाख’

 

बिज्ञापन

सरकारी लेखापरीक्षण प्रवृत्तिप्रति कतिपय सांसदहरुले असन्तृष्टि पोखेका छन् । सार्वजनिक लेखा समितिको कार्याक्रममा उनीहरुले लेखा परीक्षकहरुका लागि दर रेट नै ताकिएको,उनीहरुका लागि मासु र दारु नखाइ अडिट नै नगर्ने विकृती रहेको,मिलेसम्म रुजु र नमिलेमात्र बेरुजु देखाउने प्रवृत्ति रहेको भन्दै महालेखापरीक्षककै अगाडि खरो प्रश्न राखेका हुन ।
महालेखा परीक्षक तोयम रायालाई सांसदहरुले र्याखर्याखती पारेका छन् । हालैमात्र महालेखा परीक्षकको प्रतिवेदन सार्वजनिक गरेका तोयम राया पहिलोपटक सार्वजनिक लेखा समितिमा उपस्थित थिए,महालेखापरीक्षकको हैसियतमा । उनको हातमा थियो महालेखापरीक्षकको प्रतिवेदन ।

बिज्ञापन

त्यहाँ पुगेका महालेखापरीक्षकलाई सांसदहरुले खरो प्रश्न राखेका हुन । यसरी प्रश्न राख्नेमा स्वतन्त्र ससद अमरेशकुमार सिंहले बेरुजु बाहुवली भ्रष्टाचार भएको भन्दै लेखापरीक्षक जाँदा मासु मदिरा नखाई अडिट नै नगर्ने गरेको बिलको आधारमा लेखा परीक्षण हुन्छ कि सामानको आधारमा हुन्छ ? भन्दै प्रश्न राखे ।
यस्तै जिज्ञासा राखे रास्वपा सांसद मनिस झाले महालेखाका परीक्षकको कार्यालयबाट लेखा परीक्षण गर्न जानेलाई बजेट छुट्याइने गरेको उल्लेख गर्दै स्थानीय तहको बजेटको आकार अनुसार उहाँहरूलाई इन्टरटेन गर्नको लागि बजेट छुटाइएको प्रमाण देखाइदिने बताए । रास्वपाका सांसद हरि ढकालले अहिले भ्रष्टाचार गर्नका लागि अख्तियार र महालेखापरीक्षकको कार्यालयको डर नभएको बताए । लेखापरीक्षकको रेट नै रहेको उनले बताए । गाउँपालिकाको ३ लाख र नगरपालिकाको ५ लाख रेट रहेको उनले बताए ।

सांसदहरूको प्रश्नको जवाफ दिँदै महालेखापरीक्षक रायाले कतिपय विषयको जवाफ दिनु नपर्ने बताए । महालेखाबाट खटिएका कुनै पनि कर्मचारीले खर्च मागे जानकारी गराउन र अतिथि सत्कारमा खर्च गरेको भेटिएमा त्यो लेखेर ल्याउन भनेको बताए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष