नेपाल निजामती कर्मचारी संगठन, जिल्ला कार्य समिति, ललितपुरले तीन जना विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै छात्रबृत्ति प्रदान गरेको छ । संगठनले अभिभावकत्व ग्रहण गरेकामध्ये ललितपुर जिल्ला स्थित महालक्ष्मी नगरपालिका वडा नंं. ८ मा पर्ने श्री विश्वामित्र माध्यमिक विद्यालयका गरिव, विपन्न, पिछडिएका वर्ग, जनजाती, जेहेन्दार विद्यार्थीहरुलाई विद्यालयले गरेको सिफारिसको आधारमा अभिभावकत्व ग्रहण गर्दै छात्रबृत्ति प्रदान गरेको हो ।
बिज्ञापन
उक्त विद्यालय जिल्लाको एक उत्कृष्ट सामुदायिक विद्यालय हो । संगठनले ललितपुर भित्रका सामुदायिक तथा सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको छनौट प्रकृया केही महिना अगाडि बढाएको थियो । संगठनले अभिभावकत्व ग्रहण गरेको तथा छात्रवृत्ति प्रदान गरेका विद्यार्थीहरुमा कक्षा १ मा अध्ययनरत छात्र रुविन विसंके, कक्षा ३ मा अध्ययनरत छात्रा सान्भी खत्री र कक्षा ४ मा अध्ययनरत छात्रा जस्मिना तामाङ्ग हुनुहुन्छ । छात्रबृत्ति प्राप्त गर्ने विद्यार्थीहरु मध्ये रुविन विसंके र सान्भी खत्रीको अभिभावकत्व जिल्ला कार्य समिति ललितपुरले गरेको थियो भने जस्मिना तामाड.को अभिभावकत्व संगठनका केन्द्रिय अध्यक्ष लेखनाथ कोइरालाले लिनुभएको थियो । छात्रबृत्ति पाएका विद्यार्थीहरुले कक्षा १० सम्म अध्ययनको लागि आवश्यक पर्ने सम्पूर्ण शैक्षिक सामंग्रीहरु पोशाक, किताव, कापी, स्टेशनरी, जुत्ता, मोजा, ब्याग लगायतका अध्ययन शुल्क समेत नेपाल निजामती कर्मचारी संगठन, ललितपुरले नै उपलब्ध गराउनेछ । त्यसको साथै अतिरिक्त क्रियाकलाप तथा अध्ययन भ्रमण आदिको लागि आवश्यक पर्ने सम्पूर्ण व्यवस्थापन पनी संगठनले नै गर्ने जिल्ला अध्यक्ष टेकराज आचार्यले बताउनु भएको छ ।
बिज्ञापन
विश्वामित्र गणेश माध्यमिक विद्यालयको प्राङगणमा आयोजित अभिभावकत्व ग्रहण कार्यक्रममा पूर्व मन्त्री एवं ललितपुर क्षेत्र नं. २ का सांसद प्रेम बहादुर महर्जनका अलवा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय अध्यक्ष लेखनाथ कोइराला, पेशागत महासंघ नेपालका पूर्व संयोजक बाबुराम थापा, ने.क.पा. एमाले ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्य, महालक्ष्मी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेललगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
नेपाल निजामती कर्मचारी संगठन, ललितपुरको तर्फबाट टेकराज आचार्य र विद्यालयको तर्फबाट प्रधानाध्यापक ठाकुर प्रसाद उपाध्याय विच अभिभावकत्व ग्रहण तथा छात्रबृत्ति प्रदान गर्ने सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरी सम्झौता पत्र आदान प्रदान गरिएको थियो । नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय अध्यक्ष लेखनाथ कोइरालाले आफु संगठनको नेताकोरुपमा अभिभावकत्व ग्रहण गरी छात्रबृत्ति प्रदान गरेकोमा अन्य संगठकहरुले पनि उहाँबाट प्रेरित हुनुपर्ने बताए । आफूले अभिभावकत्व ग्रहण गरेको छात्राको कक्षा १० सम्मको अध्ययनको लागि आवश्यक पर्ने पूर्ण खर्च आफैले व्यक्तिगतरुपमा गर्ने बताउँदै यस कार्यक्रमले विद्यार्थीहरुको पढाईको गुणस्तरमा बृद्धिहुने, अन्य विद्यार्थीहरु समेत अध्ययनको लागि प्रेरित हुने र सक्नेले सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने समेत बताए । विद्यार्थीहरुको अध्ययनको गुणस्तर बृद्धिभएमा उच्च शिक्षा सम्म समेत संगठनले छात्रबृत्ति प्रदान गर्न सक्ने र आगामी बर्षहरुमा जिल्लाका अन्य विद्यालयका विद्यार्थीहरुलाई समेत छात्रबृत्ति प्रदान गरिने संगठनका जिल्ला अध्यक्ष टेकराज आचार्यले बताउनु भएको छ । ललितपुर जिल्ला संगठनले गरेको कार्यक्रम एकदमै सफल, भब्य, दिर्घकाल सम्म प्रभावपार्ने र सामाजिक उत्तरदायित्व वहन गर्न प्रेरित गर्नेखालको भएको कार्यक्रमका सहभागिहरुले बताएका छन् ।
बिज्ञापन
प्रमुख अतिथी पूर्व मन्त्री माननीय प्रेम बहादुर महर्जनले यस्तो कार्यक्रममा आफू पहिलो पटक उपस्थिती हुन पाएको बताउदै संगठनको ललितपुर जिल्ला कार्य समितिको खुलेर प्रशंशा गर्नुभएको थियो । पेशागत महासंघ नेपालका पूर्व संयोजक बाबुराम थापाले संगठनले शैक्षिक क्षेत्रमा गरेको सुधार प्रयास अत्यन्तै सकारात्मक रहेको बताउनु भएको थियो । प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलले राम्रो काम जो कोहीले पनी गर्नुपर्ने बताउनु भएको थियो । कार्यक्रमको नेपाल निजामती कर्मचारी संगठन, ललितपुरका अध्यक्ष तथा कार्यक्रमको आयोजक टेकराज आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।