३० हजार घुस खाने सुब्बाविरुद्ध भ्रष्टाचार मुद्धा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३० हजार घुससहित पक्राउ परेका भूमिसुधार तथा मालपोत कार्यालय कपिलवस्तुका नायब सुब्बा नरहरि खनालविरुद्ध मुद्दा दायर गरेको छ ।

बिज्ञापन

जग्गा नामसारी गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएको उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो ।

बिज्ञापन

जग्गा नामसारी गर्ने नाममा खनालले सेवाग्राहीबाट ३० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारले पक्राउ गरेको थियो । उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको बिगो जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कमलपोखरीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बाहिनी अभ्यास सम्पन्न

रास्वपा केन्द्रीय सदस्यमा पराजित भए श्रममन्त्री

महानिर्देशकले टेरेनन् बालेन सरकारको निर्देशन

गृहमन्त्रीको अम्लेटमा माछाको काँडा,सहायक सिडियोको खानामा सङ्खे कीरा

स्थानीय सरकार: खर्चमा अघि, आयमा पछि

गृहको रिर्पोट कार्ड : कासमूमा मनाङ अब्बल,सबैभन्दा कमजोर धनुषा र काठमाडौं

१० सचिवको दरबन्दी कटौती,बाहिरबाट ५७ जनालाई सचिव सरहकै नियुक्ति

सुमनराज अर्याल पछि को बन्लान नयाँ मुख्यसचिव ?

बिशेष