९ सचिवसहित ४२९ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्धा

राष्ट्रसेवकका रूपमा चिनिँदै आएका कर्मचारीहरू दिनहुँजसो भ्रष्टाचार काण्डमा तानिन थालेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा चालु आर्थिक बर्षको पछिल्लो १० महिनामा ९ सचिवलाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्धा चलाएको छ । अख्तियारले पछिल्लो १० महिनामा १ सय ५९ वटा मुद्दा लैजादा ४२९ कर्मचारी र २३४ जनप्रतिनिधिसहित १३३१ लाई प्रतिवादी बनाएको छ । चालु आर्थिक बर्षको साउनदेखि वैशाख अन्त्य सम्ममा भ्रष्टाचारका मुद्धामा ९ जना सचिव,२३ जना सहसचिवस्तरका कर्मचारीलाई पोलिएको छ ।

बिज्ञापन

यस्तै, भ्रष्टाचार मुद्दा लाग्नेमा उपसचिवस्तरका ५९ जना, शाखा अधिकृतस्तरका १ सय ३५ जना, लेखापाल ४३, नासु तथा सब इन्जिनियरस्तरका १ सय २२ , खरिदार २४, जुनियर कर्मचारी १२ र कार्यालय सहयोगी २ जना रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । भ्रष्टचार मुद्दा दायर हुनेमा प्रशासन सेवाका १ सय ९३ जना र प्राविधिक सेवाका २ सय ३ जना रहेका छन् । अख्तियारका अनुसार सो अवधिमा भ्रष्टाचार मुद्दा दायर हुने जनप्रतिनिधिहरूको संख्या पनि बढ्दो छ। सो अवधिमा निर्वाचिततर्फ ७१ जना तथा मनोनीततर्फ १ सय ६३ गरी २ सय ३४ जनप्रतिनिधिहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको थियो। यसै गरी व्यवसायी ५६, बिचौलिया र लेखापढी व्यवसायी गरी २ –२ जनाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ भने विभिन्न उपभोक्ता समितिका सदस्य तथा सरकारी अधिकारीहरूसँगको मिलेमतोमा भ्रष्टाचार गर्ने सर्वसाधारण तथा अन्य ६ सय ९ जनाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

बिज्ञापन

अख्तियारका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा ३ सय ५६ कर्मचारीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको थियो । जबकि, त्योभन्दा अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा भने ३ सय १० जना कर्मचारी भ्रष्टाचार मुद्दामा तानिएका थिए । यस हिसाबले विश्लेषण गर्दा पनि भ्रष्टाचार गर्ने कर्मचारीको संख्या वर्षेनी वृद्धि भएको पाइएको छ ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

निजामतीमा राजीनामाको लहर : ९ दिनमै ७१ कर्मचारीको राजीनामा

कमलपोखरीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बाहिनी अभ्यास सम्पन्न

रास्वपा केन्द्रीय सदस्यमा पराजित भए श्रममन्त्री

महानिर्देशकले टेरेनन् बालेन सरकारको निर्देशन

गृहमन्त्रीको अम्लेटमा माछाको काँडा,सहायक सिडियोको खानामा सङ्खे कीरा

स्थानीय सरकार: खर्चमा अघि, आयमा पछि

गृहको रिर्पोट कार्ड : कासमूमा मनाङ अब्बल,सबैभन्दा कमजोर धनुषा र काठमाडौं

१० सचिवको दरबन्दी कटौती,बाहिरबाट ५७ जनालाई सचिव सरहकै नियुक्ति

बिशेष