जलहरी पछि अकुत आर्जनको मुद्धामा पनि ढकाललाई सफाइ

विशेष अदालतले गैरकानूनी सम्पत्ति आर्जनको मुद्दामा पशुपति विकास कोषका तत्कालीन सदस्य सचिव डा प्रदीप ढकाललाई सफाइ दिएको छ । बुधबार विशेषले उनलाई सफाइ दिने फैसला गरेको हो ।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष ११ असारमा ढकालविरुद्ध मुद्दा दायर गरेको थियो । अख्तियारले ढकालविरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले दायर गरेको मुद्धामा उनीमाथि १ करोड ४४ लाख ११ हजार रुपैयाँ स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको अभियोग लगाइएको थियो । ०७४ साउन ३२ देखि २०७९ साल जेठ ३० गतेसम्म कोषको सदस्य सचिव हुँदा सो अवधिमा ढकाल र उनका परिवारको बैंक खातामाथि अनुसन्धान गर्दा वैध आय ६ करोड ३९ लाख रुपैयाँ आर्जन गरेका उनले ७ करोड ८४ लाख रुपैयाँको सम्पत्ति जोडेको देखिएको भन्दै अख्तियारले उनीमाथि एक करोड ४४ लाख रुपैयाँ विगो मागदावी गरी भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

बिज्ञापन

अख्तियारले सदस्य सचिव ढकालले चार वर्षको अवधिमा एक करोड ४४ लाख रुपैयाँभन्दा बढी गैरकानूनी स्रोतबाट आर्जन गरेको दाबीसहित मुद्दा दायर गरेकोमा विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु रामबहादुर थापा र रितेन्द्र थापाको इजालसले यस्तो फैसला गरेको हो । ढकालले यस अघि जलहरी प्रकरणमा पनि सफाइ पाइसकेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

सचिवको कमाण्डमा ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ स्थापना

निजामती सेवामा अवकाश: तथ्य, भ्रम र भविष्य

‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो संस्करण साउन २९ गते

अघि बढ्यो सचिव बढुवा प्रक्रिया : यी हुन बढुवाका लाइनमा रहेका बरिष्ठहरु

चार सहसचिवको आन्तरिक सरुवा,एडिबीको कार्यकारी निर्देशकमा धनीराम

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

बिशेष