२५ सहसचिवको सरुवा

गृह मन्त्रालयले २५ सहसचिवहरुको सरुवा तथा पदस्थापन गरेको छ । विभिन्न मन्त्रालयबाट गृहमा पुगेका ७ सहसचिवको पदस्थापन र बाँकी १८ जनाको आज सरुवा भएको हो ।
सूची अनुसार हालैमात्र उद्योगबाट गृहमा पुगेका रामचन्द्र तिवारीलाई जिल्ला प्रशासन कार्यालय सुनसरी,उद्योगबाटै गृहमा पुगेका तीर्थराज चिलुवाललाई जिल्ला प्रशासन कार्यालय मकवानपुर,लामो समयदेखि जिम्मेवारविहिन रहेका अरुण पोखरेललाई बर्दियाको प्रमुख जिल्ला अधिकारीको रुपमा खटाइएको छ । यस्तै हालैमात्र बाग्मती प्रदेशबाट गृहमा ल्याइएका डा भीष्मकुमार भुषाललाई विपद् प्राधिकरणमा खटाइएको छ ।तिर्थराज भट्टराईलाई कसुरजन्य व्यवस्था विभागको महानिर्देशक,विष्णु कोइरालालाई पाँचथरको सिडिओको रुपमा खटाइएको छ ।
सूची अनुसार बसन्त अधिकारीलाई राष्ट्रिय विपद प्राधिकरण,प्राधिकरणमा कार्यरत गोगन बहादुर हमाललाई गृहको आन्तरिक व्यवस्थापन महाशाखाको जिम्मेवारी दिइएको छ । यस्तै स्कीम श्रेष्ठलाई नवलपरासी सुस्ता पूर्वको प्रमुख जिल्ला अधिकारीको रुपमा खटाइँदा राजेन्द्य्रदेव पाण्डेलाई धादिङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर खटाइएको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्य सेढाईलाई काभ्रेपलाञ्चोक,काभ्रेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई बर्दाघाट सुस्ता पश्चिम प्रमुख जिल्ला अधिकारीका रुपमा खटाइएके छ । सरुवा सूची अनुसार,सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण अचार्य छोटो समयमा सरुवामा परेका छन् । उनलाई कारागार व्यवस्था विभागको महानिर्देशको रुपमा खटाइएको छ । यस्तै,बर्दाघाट सुस्ता पूर्वबाट कल्पना श्रेष्ठ जिल्ला प्रशासन कार्यालय इलाम,त्यहाँबाट इन्द्रदेव यादवलाई चितवनको सीडिओ,चितवन कमाण्ड गरिरहेका भुपेन्द्र थापालाई सिन्धुपाल्चोक खटाइएको छ ।
यस्तै,प्रमुख अध्यागमन अधिकृत नरबहादुर थापा भोजपुर, भोजपुरका सीडिओ नारायण सापकोटालाई कञ्चनपुर,कञ्चनपुरबाट गोपाल अधिकारीलाई सर्लाही ल्याइएको छ । सर्लाही सम्हालिरहेका कोमल धमला राष्ट्रिय विपद् प्राधिकरण,सप्तरीको सीडिओ किरण थापालाई गौतमबुद्ध अन्तरािष्ट्रय विमानस्थल भैरहवा पठाइएको छ । यस्तै विपद प्राधिकरणका भरतमणि पाण्डे कास्कीको सीडिओका रुपमा सरुवा भएका छन् । बासुदेव घिमिरे गृहमा तानिएका छन् । पाँचथरबाट मेघबहादुर मग्रातीलाई सप्तरी पुर्याइएको छ ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष