रविविरुद्धको सुनुवाइ स्थगित

सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गरि अनुसन्धान गर्न माग गरिएको रिटको सुनुवाइ स्थगित भएको छ ।सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा परेको उक्त रिटको  पेसी स्थगित भएको हो।अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको रिटको पेशी पोखरेलको इजलासमा १० ‍औँ नम्बरमा थियो । उक्त रिटमा निवेदकको आग्रहपछि स्थगन गरिएको हो ।

बिज्ञापन

महान्यायाधिवक्ता कार्यालयले गृहमन्त्री लामिछानेलाई सहकारी ठगी प्रकरणमा ‘क्लिन चिट’ दिएपछि अधिवक्ता अनुपम भट्टराईले जेठ १४ गते रिट दर्ता गरेका थिए । त्यसअघि सर्वोच्च प्रशासनले दरपीठ गरेको रिट न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासको आदेशमा दर्ता भएको हो ।

बिज्ञापन

महान्यायाधिवक्ता दिनमणि पोखेरेललाई समेत विपक्षी बनाइएको रिटमा लामिछानेलाई तत्काल निलम्बन गरेर सहकारी ठगी प्रकरणमा अनुसन्धान अघि बढाउन माग गरिएको छ । महान्याधिवक्ताले सहकारी ठगीका आरोपितलाई उन्मुक्ति दिएर संविधान, फौजदारी कसुर र सहकारीमा रहेका बचतकर्ताको न्याय प्राप्त गर्ने आधारलाई संकुचन गरेको रिटमा दाबी गरिएको छ । भविष्यमा समेत यस प्रकारको पत्र जारी गरी फौजदारी न्याय प्रणालीलाई कमजोर बनाउने र प्रभावित गराउन सक्ने भएकाले महान्यायाधिवक्ताको पत्रको कानुनी आधारसमेत नभएकाले उत्प्रेषणको आदेशले बदर गर्न माग गरिएको छ ।

निवेदक भट्टराईले स्थगन नगराएको भए पनि यो मुद्दा आज सुनुवाई हुने सम्भावना भने कम थियो । किनकि पेसी सूचिको १० औँ नम्बरमा परेकाले यसैपनि पालो आउने स्थिति थिएन । अर्कोतिर यसअघि राहदानीलगायत प्रकरणमा सर्वोच्चमा मुध्दा चल्दा रविको कानुनी सहयोगी रहनुभएका न्यायाधीश पोखरेले मुद्दा नहेर्ने सम्भावना पनि थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निजामती विधेयकमाथि निजामती कर्मचारी संगठनको सकारात्मक टिप्पणी, माग समेट्न राष्ट्रिय सभालाई आग्रह

बहुप्रतिक्षीत संघीय निजामती सेवा ऐनसंगको अपेक्षा

अब खुल्नेछैन नासु पदमा नयाँ विज्ञापन

‘कानुनी छिद्र’ राखेर पारित भयो कुलिङ पिरियड

भ्रष्टाचार मुद्धामा पूर्व मन्त्री बस्नेतलाई २५ लाख धरौटीमा रिहा गर्न आदेश

यी एक दर्जन नयाँ प्रावधानसहित प्रतिनिधि सभाबाट पारित भयो संघीय निजामती सेवा विद्येयक

वर्षौँदेखि अलपत्र निजामती विधेयक पारित गराउन सफल बने मन्त्री राजकुमार गुप्ता

सांसद प्रेम सुवालको आग्रह : निजामती सेवामा ट्रेड युनियन निषेध गरियोस्

बिशेष