समितिमा पठाइयो संघीय निजामती विद्येयक,पारित गर्ला त यही अधिवेशनले ?

सङ्घीय निजामती सेवा विधेयक २०८० लाई दफावार छलफलका लागि संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा पठाइएको छ । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले सो विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । सभामुखले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले स्वीकृत भएको छ ।

बिज्ञापन

गत चैत्रमा उक्त विद्येयक दफादार छलफलका लागि संसदको राज्यव्यस्था समितिमा पठाउने तयारी थियो तर हिँउदे अधिवेशन अन्त्य हुँदा उत्तm विद्येयक संसदमै अलपत्र परेको थियो । निजामती विद्येयकमा १५८३ वटा संशोधन प्रस्ताव दर्ता भएका छन् । सांसदहरु आफैं उपस्थित भएर संघीय संसद सचिवालयमा १२२ वटा निवेदन दर्ता गराएका हुन भने बाँकी संशोधन प्रस्ताव इमेलबाट प्राप्त भएको संघीय संसद सचिवालयले जनाएको छ ।

बिज्ञापन

यसैबीच सरकारले संघीय निजामती कानून यसै अधिवेशनबाट पारित गरी कार्यान्वयन गर्ने लक्ष्य राखेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय सांसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१/ ८२ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् ।
यस्तै उनले राष्ट्रसेवक कर्मचारीको मनोबल बढाउन, काममा उत्प्रेरित गराउन, सेवा सुरक्षा, संरक्षण र अनुमानयोग्य सरुवा बढुवा प्रणाली सुनिश्चित गरिने बताएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

सचिवको कमाण्डमा ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ स्थापना

निजामती सेवामा अवकाश: तथ्य, भ्रम र भविष्य

‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो संस्करण साउन २९ गते

अघि बढ्यो सचिव बढुवा प्रक्रिया : यी हुन बढुवाका लाइनमा रहेका बरिष्ठहरु

चार सहसचिवको आन्तरिक सरुवा,एडिबीको कार्यकारी निर्देशकमा धनीराम

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

बिशेष