सम्पादक गजुरेललाई विकास पत्रकारिता पुरस्कार

बाग्मती प्रदेश सरकारले प्रदेशका सात पत्रकारलाई पुरस्कृत गरेको छ । गणतन्त्र दिवसको अवसरमा प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित विशेष समारोहमा वाग्मती प्रदेशमा सक्रिय रहेका सात जना पत्रकारलाई पुरस्कृत गरेको हो । गणतन्त्र दिवसका अवसरमा बागमती प्रदेश सरकारले कर्मचारी प्रेस अनलाइनका सञ्चालक तथा प्रधानसम्पादक तथा जनआस्था साप्ताहिकका बरिष्ठ संवाददाता हरि गजुरेललाई विकास पत्रकारिता पुरस्कार प्रदान गरेको छ । गणतन्त्र दिवसको अवसरमा मंगलबार हेटौँडामा आयोजित एक विशेष समारोहका बिच रसुवा स्थायी ठेगना भइ हाल काठमाडौंमा सक्रिय पत्रकारिता गरिरहेका गजुरेललाई सो पुरस्कार प्रदान गरिएको हो ।विगत १५ बर्षदेखि पत्रकारितामा सक्रिय गजुरेललाई २५ हजार राशिको पुरस्कारसहित पुरस्कृत गरिएको हो । समारोहमा अन्य ६ पत्रकारलाई पनि पुरस्कृत गरिएको थियो ।

बिज्ञापन

पुरस्कृत हुनेहरुमा चितवनका ईश्वर जोशी, मकवानपुरकी सरिता दाहाल, पत्रकार महासंघ बागमतीका अध्यक्ष शिव देवकोटा (नुवाकोट),नुवाकोटकै राजकुमार सिग्देल, सिन्धुलीका बुद्ध नेपाली र दोलखाकी सृजना गोले रहेका छन् ।

बिज्ञापन

अग्रज सम्मान पत्रकारिता पुरस्कार प्राप्त गर्ने बिबिसी नेपाली सेवामा कार्यरत चितवनका पत्रकार इश्वरकुमार जोशी, संस्थागत पत्रकारिता पुरस्कार प्राप्त गर्ने नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष शिव प्रसाद देवकोटा, बिकास पत्रकारिता पुरस्कारबाट हरि गजुरेल, प्रदेश युवा पत्रकारिता पुरस्कारबाट नुवाकोटका राजकुमार सिग्देल, प्रदेश गौरव पत्रकारिता पुरस्कार प्राप्त गर्ने प्रदेश राजधानी हेटौडा (मकवानपुर)मा झण्डै दुई दशकदेखि कार्यरत सरिता दाहाल, बागमती पत्रकारिता पुरस्कारबाट दोलखाको जिरीमा बसेर पत्रकारितामा क्रियाशिल सिर्जना गोले, ग्रामिण पत्रकारिता पुरस्कारबाट सिन्धुलीमा कार्यरत बुद्धलाल नेपाली रहेका छन् ।

कार्यक्रममा सहिद परिवारका ६५ जनालाई पनि सम्मान गरिएको थियो भने चलचित्र लेखन, निर्माण, निर्देशक ८ जना सम्मान गरिएको थियो । सो समारोहमा पूर्वमुख्यमन्त्री डोरमणि पौडेल र आन्तरिम मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रोनाल्डोले दिए राजीनामा,भाग्य चम्कियो रेजिनाको

लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

बिशेष