बुढानीलकण्ठका मेयर र दुई अध्यक्षलाई तोकियो कैद सजाय

बूढानीलकण्ठ नगरपालिका मेयर मिठाराम अधिकारीसहित तीन जनालाई पक्राउ गर्न अदालतले आदेश दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश डा राजेन्द्र कुमार आचार्यको इजलासले मेयर अधिकारीसहित वडा नम्बर १० का अध्यक्ष नवराज भट्टराई, सदस्य चन्द्रमान श्रेष्ठ र वडा नम्बर ८ का अध्यक्ष सुमन तामाङलाई एक महिनाको कैद सजाय सुनाएको छ । उनीहरुले अदालतको अवहेलना गरेको आरोपमा एक महिना कैद सजाय सुनाइएको छ । उनीहरूलाई मुलुकी देवानी संहिताको दफा २६८ को १६ अनुसार सजाय गरिएको अदालतको आदेशमा उल्लेख छ ।

बिज्ञापन

फैसलामा भनिएको छ,‘ प्रतिवादीले अदालतको फैसलाको सम्मान नगरी अदालतको फैसलाको नै अवज्ञा गरेको समेत देखिन आएको छ ।’ जिल्लाले यसअघि गरेको फैसला कार्यान्वयन गर्न अटेर गरेको भन्दै यस्तो आदेश दिएको हो ।

बिज्ञापन

‘अदालतको फैसला नमान्ने तथा कार्यान्वयनमा अटेर गर्ने देहायका प्रतिवादीहरूलाई मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा २३८(१६) अनुसार जनही १ महिना कैद हुन्छ’, फैसलामा भनिएको छ,‘सो कैद लगत कसी प्रहरी मार्फत पक्राउ गरी असुल उपर गर्नु । कैद असुलका सम्बन्धमा तलका सर्त अनुसार गर्नु ।’ जिल्लाले नगरप्रमुख अधिकारीसहित नवराज भट्टराई, सुमन तामाङ र चन्द्रमान श्रेष्ठलाई पनि सोही सजाय सुनाएको छ । माथि उल्लिखित कैदका हकमा प्रतिवादीहरूले अब ६० दिनभित्र संरचना हटाई निवेदक एवं वादीलाई चलन दिई कब्जा छाडि दिएको प्रतिवेदन पेस गरेमा उक्त कैद असुल गर्न नपर्ने फैसलामा सर्त राखिएको छ ।

‘प्रतिवादीहरूले ६० दिनमा संरचना हटाई नलगेमा अदालतबाट संरचना हटाई दिन लाग्ने खर्च प्रतिवादीहरू मध्ये बुढानीलकण्ठ नगर पालिकाबाट असुल गर्नु,’ फैसलामा भनिएको छ ।

बिज्ञापन

स्थानीय एकजना ज्येष्ठ नागरिकले आफ्नो जग्गालाई नगरपालिकाले बलजफ्ती कब्जा गरेको र त्यसमा संरचना बनाइदिएको भन्दै ०७७ भदौ ३० गते निवेदन दिएका थिए । उक्त मुद्दामा अदालतले उक्त आदेश गरेको हो ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एमाले महाधिवेशन उद्घाटनमा शीर्ष नेता गएनन्

आफ्नै प्रस्तावबाट व्याक भए ओली

भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दाका प्रतिवादी सहसचिव भट्टराई २५ लाख धरौटीमा रिहा

खल्तीविरुद्ध जेनजीहरु खुलकुदमन्त्रीकहाँ

अस्वभाविक बरियता : अधिवक्ताभन्दा सर्वाेच्चका न्यायधीश तल,पूर्व एआइजी जेनजी मन्त्रीभन्दा पुच्छारमा

१ लाख रुपैयाँ घुस लिएको आरोपमा नापी कार्यालय वीरगन्जका सर्वेक्षक र सहयोगीविरुद्ध मुद्दा दायर

११२ प्रहरी कर्मचारी कारवाहीमा,बढुवा रोक्कासम्मको चेतावनी

सहकारी व्यवस्थापन टोलीसँग स्पष्टीकरण पछि मन्त्रीको सरुवा

बिशेष