उपसचिवसहित १३ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

सुर्खेतको भेरीगंगा नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेल भ्रष्टाचारमा तानिएका छन् ।

बिज्ञापन

नदीजन्य पदार्थको उत्खनन ठेक्का दिँदा कानून मिचेर आर्थिक अनियमितता गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

बिज्ञापन

मुद्दा चलाइनेमा तत्कालिन लेखा अधिकृत मानबहादुर ठाडा, इञ्जिनियर विजयकुमार खत्री, सब–इञ्जिनियर मोतिलाल प्रसाद, योजना अधिकृत शिशिरकुमार खड्का, प्रशासकीय अधिकृत पिताम्बर पौडेल, प्राविधिक सहायक उज्जवल रावत, खरिदार सन्तोष तिवारी, लेखापाल जीवन सोमै, सहलेखापाल छविलाल सुनार छन् ।

त्यस्तै, न्यून हरि निर्माण सेवाका प्रोपाइटर हरिबहादुर बुढा क्षेत्री, नवराज कन्स्ट्रक्सनका प्रोपाइटर नवराव ढकाल, एञ्जल कन्स्ट्रक्सनका प्रोपाइटर भीमबहादुर बुढा क्षेत्रीउपर पनि मुद्दा दर्ता गरिएको छ ।

बिज्ञापन

आर्थिक वर्ष २०७६/०७७ मा भेंरीनदी गोछेखोला, छिन्चुखोला र डुङ्गिखोलाको नदीजन्य पदार्थ ९ढुंगा(बालुवा० उत्खनन, संकलन तथा बिक्रीको ठेक्का प्रचलित कानूनी व्यवस्था वा सार्वजनिक खरिद ऐन र नियमावलीविपरीत भएको भन्दै अख्तियारमा उजुरी परेको थियो ।

अनुसन्धानको क्रममा उनीहरुले आपसी मिलोमतोमा धेरै रकमको ठेक्का साटफेर गर्दै अधिकतम कबोल मूल्य घटाउने र सम्झौता गर्न नआएको फर्मको धरौटी जफत नगरी ठेक्काको अवसर दिएको खुलेको थियो । जसका कारण ३६ लाख ७८ हजार ५४३ रुपैयाँ राजस्व रकम गुमेको अख्तियारको ठहर छ ।

अदालतमा दायर आरोप पत्रमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम उक्त रकम जफत गरी कैद र जरिवानाको मागदाबी गरिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

संघीय निजामती विधेयकमा ट्रेड युनियन अधिकार कटौतीको प्रयासप्रति कर्मचारी संगठनहरुको आपत्ति

सुधारका फाइल थन्किँदा वैदेशिक रोजगार क्षेत्र अस्तव्यस्त : सचिव काफ्ले आलोचनामा

उत्कृष्टको सम्मान पाएका प्रहरी घुससहित पक्राउ

नैतिकता र डिजिटल अस्तित्वको द्वन्द्व   

सिष्टम होइन अनुहार हेरेर सहसचिवको सरुवा

बालेन सरकारसँग डराएनन् कर्मचारी : महिना दिनमै १० रंगेहात पक्राउ

संघीय निजामती सेवा विधेयकमा कम्प्यूटर अपरेटरहरूको बढुवा व्यवस्था यथावत राख्न माग

यी हुन लामो समयदेखि सिंहदरबार नछाड्ने शाखा अधिकृत,उपसचिव र सहसचिवहरु

बिशेष