काँग्रेसको नाराबाजीकै बीच प्रधानमन्त्रीले मागे विश्वासको मत

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत मागेका छन् ।

बिज्ञापन

तर, प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गरिरहँदा नेपाली कांग्रेसलगायतका प्रतिपक्षी दलहरूले वेल घेराउ गरेका छन् । प्रतिपक्षी दलहरूले वेल घेराउ गर्दै नाराबाजी गरिरहँदा प्रधानमन्त्री प्रचण्ड मर्यादापालकको सहयोगमा रोस्ट्रममा पुगेका थिए ।

बिज्ञापन

प्रतिनिधि सभा बैठकमा कांग्रेसको नाराबाजी चलिरहेको समयमा सभामुखको अनुमतिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिनका लागि प्रस्ताव प्रस्तुत गरेका थिए ।

कांग्रेसकै अवरोधपछि १५ मिनेटका लागि स्थगित भएपछिको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत मागेका हुन् । प्रतिपक्षी कांग्रेसका सांसदहरूले नाराबाजी गरिरहेका छन् ।

बिज्ञापन

प्रधानमन्त्री दाहालले यसअघि २०७९ पुस १०, फागुन ३० र गत माघमा विश्वासको मत लिएका थिए । अहिले चौथो पटक विश्वासको मत लिन लागिएको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

नेपालको निजामती प्रशासन: रूपान्तरणको संकट र सुधारको मार्गचित्र

ओली सरकारका खास,वालेन सरकारका आसपास

घरबाट हराएका पूर्व कार्यवाहक महालेखापरीक्षकको शव नारायणी किनारमा

अवकाशको मुखमा अपमान

रास्वपा केन्द्रीय सदस्यमा पूर्व डीआईजी खड्काको उम्मेदवारी, ‘अनुभव र क्षमतालाई राष्ट्रहितमा समर्पित गर्छु’

पदका लागि राजनीतिक रंग फेर्दै ‘पुराना खेलाडी’, रास्वपा निकट बनेर पुनः अवसर खोज्दै विवादित पात्रहरू

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

अधिकृतसँग १ करोड ८ लाख अकुत आर्जन,एक बर्ष कैद सजाय

बिशेष