संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले आफ्ना नातेदारलाई ल्याएर सचिवालय भरेका छन् । सोझा र गौ प्राणी मानिएका मन्त्री जोशीको सचिवालयमा अहिले भतिज र छोरीलाई राखिएको छ । यस्तै मन्त्रीको सचिवालयमा इञ्जिनियर दीपक बोहराले नजिकबाट सघाइरहेका छन् । पछिल्लो समय बेमौसमी सरुवाको खेती मौलाएको छ । अहिले प्रमुख प्रशासकीय अधिकृत चलाउने समय होइन । आर्थिक बर्ष सकिने समय र बजेट खर्च गर्नुपर्ने बेलामा झण्डै ५० भन्दा बढी प्रमुख प्रशासकीय अधिकृतहरु चलाइएको छ । काठमाडौंको कागेश्वरी,तारकेश्वर,गोकर्णेश्वर,बूढानिलकण्ठका अलवा गोदावरी, भक्तपुर,भरतपुर,ललितपुर लगायतका ठूला महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हेरफेरमा परेका छन् ।
बिज्ञापन
यसरी मनलाग्दी सरुवा गरिँदा आर्थिक खेलोमेलो भएको कर्मचारीहरुको आरोप छ । आर्थिक बर्षको अन्त्यमा मनलाग्दी ढंगले प्रमुख प्रशासकीय अधिकृतहरुको सरुवा हुँदा बोल कबोलमा रकम उठाइएको चर्चा सामान्य प्रशासनमा चल्ने गरेको छ । सोझा र इमान्दार मन्त्रीको फाइदा मन्त्रीका सचिवालयका कर्मचारी र नेकपा एस निकट कर्मचारी संगठनका केही नेताहरुले फाइदा उठाइरहेको एकाथरी कर्मचारीहरुले टिप्पणी गरेका छन् ।
बिज्ञापन
अहिले मन्त्रीको सचिवालयमा उपसचिव लवराज जोशी कार्यरत छन् । जोशी मन्त्रीका भतिज हुन,नाताले । यस्तै मन्त्रीनिकट इन्जिनियर दिपक बोहरा र सहोदर छोरी कृषिकी अधिकृत चन्द्रा जोशीलाई पनि अहिले त्यही पुर्याइएको छ । नेकपा एसका कर्मचारी संगठनका केही नेताहरुले तिनै सचिवालयका सदस्यहरुलाई प्रयोग गरेर बोलकबोलमा सरुवा धन्दा चलाएको एक जना प्रमुख प्रशासकीय अधिकृतको आरोप छ । हालैमात्र मन्त्रालयले ३० जना शाखा अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको थियो । जसमध्ये १७ जनालाई हाजिर गर्न नदिएर फिर्ता पठाइएको थियो । यताबाट ती अधिकृतलाई ‘हाजिर गर्न जानुहोस,दिएनन् भने तिनीहरुलाई ठीक पार्दछु भन्ने अर्काेतिर जनप्रतिनिधिदेखि निमित्त हाकिमसँगै मिलेमलो गरी हाजिर गर्न नदिने खेलोमेला चलिरहेको र त्यही खेलोको शिकार आफू भएको केही फ्रेस अधिकृतहरुको टिप्पणी छ । हालैमात्र लोकसेवा परीक्षाबाट अधिकृतबाट बढूवा भएका एक फ्रेस अफिसरलाई यसैगरी सामान्य प्रशासनका कर्मचारीको समेत मिलेमतोमा हाजिर गर्न नदिइ फिर्ता पठाएकोप्रति तीतो टिप्पणी गरेका छन् । अहिले २ सय भन्दा बढी स्थानीय तहहरू निमित्तको भरमा छन्। सामान्य प्रशासनले खटाएका ३० मध्ये १७ वटा स्थानीय तहले प्रमुख प्रशासकीय अधिकृतहरुलाई हाजिर हुन नदिइ फिर्ता पठाइदिएका छन् । यसमा सामान्यको साँठगाँठ रहेको कतिपय अधिकृतहरुले टिप्पणी गरेका छन् । निमित्त हाकिम बनाइराख्न झण्डै ५ लाखको खेलोमेलो भएको स्थानीय तहमा पुगेर हाजिर गर्न नपाइ फर्किएका कर्मचारीहरुले कर्मचारी प्रेससँग गुनासो पोखेका छन् ।
‘सरुवाले यति अफ्ठयारो छ कि मन्त्रीका पीएहरु तीन जनाले तीन वटा लिष्ट लिएर आउँछन् । सचिवज्यूले कसले भनेको मान्ने ? साह्रै असजिलो भएको छ ।’यस बिषयमा सचिव मुकुन्द निरौलासँग जिज्ञासा राख्न खोज्दा उनी सम्पर्कमा आएनन् । सरुवामा मन्त्रीका स्वकीय,कप्रमा बस्ने हाकिमहरुकै कारण अहिले सामान्य प्रशासनमन्त्री बदनामी खेप्दैछन् । कर्मचारीहरुका अनुसार,केही अघि प्रमुख प्रशासकीय अधिकृतको खटन पटनको बिषयमा त्यहाँ हात हालहाल नै भएको थियो । तर खटन पटनको जिम्मेवारी पाएका उपससचिव रामहरि शर्माले पहिले पहिले कर्मचारी सरुवामा लफडा भए पनि अहिले खार्सै समस्या नभएको प्रतिक्रिया दिए ।
बिज्ञापन
मन्त्री सोझो भएको कारणले गर्दाखेरि उक्त मन्त्रालय नै नकेपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेले चलाएको एकथरी कर्मचारीहरू बताउँछन्। उनी मुख्यमन्त्री हुँदा प्रदेशका प्रमुख सचिव रहेका मुकुन्द निरौलालाई अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ल्याएर उनकै इच्छा अनुसार कर्मचारी खटन पटन गरिरहेको एकाथरी कर्मचारीको आरोप छ ।
यता मन्त्रीको सचिवालयका कर्मचारीको सरुवा धन्दाका बिषयमा नीजि सचिव लवराज जोशीसँग जिज्ञासा राख्दा आरोपहरु सबै झूठा भएको प्रतिक्रिया दिएका छन् ।