सहकारी छानबिन समिति :-नेतृत्व एमालेले गर्ने,गृहमन्त्री लामिछानेको नाम किटान नगर्ने

अन्तत लामो रस्साकस्सी पछि सरकारले सहकारी ठगी छानबिन समिति बनाउने भएको छ । सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको नाम किटान नगरी संसदीय छानबिन समिति बन्ने गरी शनिवार वालुवाटारमा नेताहरुबीच सहमति जुटेको हो । शनिबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलबीचको छलफलमा कुनैपनि व्यक्तिको नाम किटान नगरी समिति बनाउने सहमति भएको हो । काँग्रेसले ठगीमा गृहमन्त्री लामिछानेको संलग्नता रहेको उल्लेख गर्दै सम्बन्धित सहकारी संस्थाको छानबिन गर्नुपर्ने माग राख्दै आएको थियो । बालुवाटारमा समग्र समस्याग्रस्त सहकारी संस्थालाई छानबिनमा समेट्ने कोणबाट छलफल भएको हो ।

बिज्ञापन

छानबिन समितिको क्षेत्राधिकार मस्यौदा तयार पार्न कानुनमन्त्री पदम गिरीको संयोकत्वमा बनाइने कार्यदलमा तीन जना सदस्य तोकिएका छन् । नेपाली काँग्रेसका जीवन परियार,एमालेका महेश बर्तौला र रास्वपाका शिशिर खनाल रहेको कार्यदल गठन गर्ने भनिएको छ । कार्यदलको बैठक अहिले बिहान ८ बजेलाई राखिएको छ ।

बिज्ञापन

छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै एमाले अध्यक्ष केपी शर्मा ओली,काँग्रेस सभापति शेरबहादुर देउवा,राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काँग्रेस नेताहरु गगन थापा,रमेश लेखक र कृष्ण सिटौला सहभागी थिए ।

सहकारीको वचत रकम अपचलनमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने संलग्न भएको घटना सार्वजनिक भएको भन्दै कांग्रेसले यस विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आएको थियो । तर सरकार र सत्ता गठबन्धनले भने यसलाई अस्वीकार गर्दै आएका थिए । २८ वैशाखमा संघीय संसदको हिउँदे अधिवेशन सुरु भएदेखि नै नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभा दुबै सदन लगातार अवरोध गर्दै आएको छ । उसले संसदीय छानबिन समिति गठन नभएसम्म सदन चल्न नदिने भनेपछि दलहरुबीच संसदको अवरोध खोल्ने बारेमा छलफल सुरु भएको थियो ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

सचिवको कमाण्डमा ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ स्थापना

निजामती सेवामा अवकाश: तथ्य, भ्रम र भविष्य

‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो संस्करण साउन २९ गते

अघि बढ्यो सचिव बढुवा प्रक्रिया : यी हुन बढुवाका लाइनमा रहेका बरिष्ठहरु

चार सहसचिवको आन्तरिक सरुवा,एडिबीको कार्यकारी निर्देशकमा धनीराम

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

बिशेष