रोशीमा रमिता : २८ महिनादेखि शिक्षाका हाकिम हर्ताकर्ता, तीन प्रमुख प्रशासकीय बाटोबाटै फिर्ता

संघीयता कस्तो ‘गलगाँण’ भयो भने दरबन्दी छ,कर्मचारी छैनन, संघले खटाइएका कर्मचारी जनप्रतिनिधि लिन मान्दैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालैमात्र लोकसेवा उत्र्तिण गरेका फ्रेस ३० अधिकृतलाई विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाएकोमा १६ मन्त्रालयमै फिर्ता भएका छन् । मंगलबार बिहानसम्ममा फिर्ता हुने फ्रेस अफिसरको संख्या १६ पुगेका छ । लोकसेवा भिडेर नाम निकालेका, स्थानीय तहलाई फोकस गरेर तालिम र प्रशिक्षण पनि लिएका कर्मचारीमा ज्ञान छैन भन्दै कतिपय पालिकाले संघीय सरकारले खटन पटन गरेका हाकिमलाई धमाधम फिर्ता गराउन थालेपछि सामान्यको टाउको दुखाई शुरु भएको छ । सामान्य प्रशासनले दुई साता अघिमात्र लोकसेवा लडेर अधिकृतमा उक्लिएका ८२ मध्ये ३० फ्रेस शाखा अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा स्थानीय तहमा खटाएको थियो,वैशाख ४ गते । यसैमध्येका हुन्, शिवप्रसाद भन्तना ।

बिज्ञापन

त्यहाँका प्रमुख प्रशासकीय अधिकृत र पालिकाका अध्यक्षको मिलेमतोमा भन्तनालाई हाजिर गर्न दिइएन । अहिले सो पालिका त्यहाँका शिक्षा शाखाका प्रमुख रामबहादुर तमाङले चलाइरहेका छन् ।तमाङ विनि थिए ।कर्मचारी समायोजनपछि उनी सो पालिकामा पुगे । शिक्षा शाखाको कमाण्ड सम्हाल्दै आइरहेका छन्,उनी । उनी र अध्यक्षकै सेटिङमा अहिलेसम्म तीन जना प्रमुख प्रशासकीय अधिकृत फिर्ता भइसकेका छन् । तीन मध्य हालैमात्र भन्तना पालिकामै पुगेर हाजिर हुन नपाई फिर्ता भए । उनी झैं यस अघिका हाकिम पनि बाटैबाट फिर्ता भए भने त्यस अघि खटाइएको अर्का हाकिमको सरुवा सामान्य प्रशासनमै सेटिङ मिलाएर उल्टाइएको सामान्यकै कर्मचारीहरु बताउँछन् । तमाङ २८ महिनादेखि सो पालिकाको हर्ताकर्ता बनेर काम गरिरहेका छन् । उनले आफूलाई प्रमुख प्रशासकीय अधिकृत भएकै दावी गर्दछन् ।सामान्य प्रशासनले यो अवधिमा तीन जना अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृतका रुपमा उक्त पालिकामा खटाएको छ तर ती सबै बाटैबाट फिर्ता भएका छन् । यो बिषयमा प्रतिक्रिया लिन पालिका अध्यक्ष दिनेश लामालाई सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन ।

बिज्ञापन

रामबहादुर गुरुङ त्यहाँ बसेर इन्धनको नाममा चरम अनियमितता गरिएको पालिकाकै कर्मचारीहरुले बताएका छन् । उनले पालिकाको गाडीलाई नै आफ्नो नीजि सवारी जसरी प्रयोग गर्दै आएका छन् । यस्तै पालिकामा बसेर चरम अनियमितता गरिरहेको एकाथरी कर्मचारीहरु बताउने गर्दछन् ।तर, तमाङले भने आफ्नो छोरा ९ महिनादेखि देश बाहिर रहेका कारण यो गलत आरोप भएको प्रतिक्रिया दिएका छन् ।

यस्तै राहुल कन्स्ट्रक्सनको रकम पालिकामा दाखिला नगरेका  बिषयमा तमाङसँग जिज्ञासा राख्दा ‘आरोप भ्रामक’ भएको प्रतिक्रिया दिए ।’ आफू कर्मचारी समायोजन भएर यता आएको र ०७८ सालदेखि पालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेको’ बताए । अख्तियारमा परेको उजुरीको सम्बन्धमा ‘१५ लाख रकम भुक्तानी गराएर मुद्धा तामेलीमा गइसकेको’ भन्दै उक्त आरोपको खण्डन गरे ।

बिज्ञापन

तिनधारे झरनामा नेपाली काँग्रेसको झण्डा राखी कार्यक्रम गरिएको र सो को भुक्तानी समेत पालिकाबाट भएको बिषयमा जिज्ञासा राख्दा तमाङले प्रदेशका ४ जना माननीयहरु काभ्रेको रोशी गाउँपालिकामा आएको हुँदा उक्त कार्यक्रममा पालिकाले खर्च गर्नु सामान्य भएको भन्दै आफ्नो बचाउ गरे ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।