गृह मन्त्रालयले तीन सहसचिवहरुको सरुवा गरेको छ । हालैमात्र गृह प्रवेश पाएका दुई सहसचिवलाई प्रमुख जिल्ला अधिकारीका रुपमा खटाएको हो भने एक जना प्रमुख जिल्ला अधिकारी सरुवामा परेका छन् । गृह मन्त्रालयले बागलुङ र पर्वतमा नयाँ प्रमुख जिल्ला अधिकारी खटाएको हो भने बागलुङका प्रमुख जिल्ला अधिकारी खगेन्द्रलाई बाँके खटाएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेललाई प्रदेशमा खटाइएसँगै त्यहाँ नयाँ सीडिओ खटाइएको हो ।जिल्ला प्रशासन कार्यालय बाँकेमा खगेन्द्रप्रसाद रिजाललाई सरुवा गरिएको छ । उनी बागलुङमा कार्यरत थिए ।
बिज्ञापन
बागलुङको प्रजिअमा नेत्रप्रसाद सुवेदीलाई पठाइएको छ । उनी हालैमात्र सञ्चार मन्त्रालयबाट गृहमा भित्रिएका थिए । यस्तै पर्वतको प्रजिअमा सहसचिव केदारनाथ शर्मालाई पदस्थापन गरिएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले शुक्रबार प्रजिअहरुको सरुवा तथा पदस्थापन निर्णय गरेका हुन् ।
बिज्ञापन