जेष्ठ कर्मचारीको नाम काटेर कनिष्ठलाई अधिकृतमा बढुवा :- लोकसेवाले उल्टायो सिफारिस

बढुवा सिफारिस समितिले गरेको बदमासीलाई लोकसेवा आयोगले उल्टाएको छ । गत चैत्र महिनामा उर्जा मन्त्रालयलयका १० अधिकृत बढुवा सिफारिस गरिँदा कनिष्ठ कर्मचारीलाई अधिकृतमा बढुवा गरिएको थियो । जेष्ठ कर्मचारीको नाम काटेर कनिष्ठ कर्मचारीको बढुवा गरिएसँगै ती कर्मचारी न्याय खोज्दै लोकसेवाको ढोका ढकढकाउन पुगेका थिए । लोकसेवा आगोगको समितिले उर्जा मनत्रलयको बढुवा सिफारिस समितिले गरेको बदमासीलाई उल्टाइदिएको हो ।

बिज्ञापन

गत ९ चैत्रमा उर्जा मन्त्रालयको बढुवा सिफारिस समितिले अधिकृत तहमा कर्मचारी बढुवा गर्दा जेष्ठ कर्मचारीको नाम काटेर उनीभन्दा कनिष्ट कर्मचारी बढुवा गरेको थियो छ । उर्जा मन्त्रालय,इञ्जिनियरिङ सेवा,सिभिल समूह,इरिगेसन उपसमूहबाट १० जना नायब सुव्वा तहका कर्मचारीलाई अधिकृतमा बढुवा गर्दा यस्तो गडबडी भएको खबर कर्मचारी प्रेसले प्रकाशन गरेको थियो ।

बिज्ञापन

बढुवा सिफारिस समितिको हिजो बसेको बैठकले उर्जा मन्त्रालय मातहतका १२ कर्मचारीहरुलाई अधिकृत तहमा बढूवाका लागि सिफारिस गरेको थियो । जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा हुने बढुवाका लागि नेपाल इञ्जिनियरिङ सेवा,सिभिल समूह,इरिगेसन उपसमूहबाट नरेश माझी,जयराज भण्डारी,राजेश्वरी कुवर,कर्णबहादुर रोकाया,तारा कम्डेल,विमला बूढाथोकी,मिलन भट्टराई,बिरेन्द्र कुमार महतो,रामचन्द्र नेपाल र अमरेन्द्र कुमार मण्डलको बढुवा सिफारिस गरिएको छ । जसमा अन्तिम १० नम्बरमा रहेका अमेरेन्द्र कुमार मण्डलको बढुवा गर्दा जेष्ठ कर्मचारीको नाम काटेर कनिष्ट कर्मचारीलाई बढुवा सिफारिस गरिएको बिषयमा कर्मचारी प्रेसले समाचार प्रकाशन गरेको थियो ।

शुरुको खुला नियुक्तिलाई आधार मान्ने हो भने उनीभन्दा सिनियर छन्,साजन लावट । लावटले ०६८ साल कार्तिक २९ गते नियुक्ति लिएका छन् भने अरबिन्द्रले मंसिरको १ गते नियुक्ति लिएका थिए । तर जेष्ठताका आधारमा गरिएको बढुवामा बढुवा सिफारिस समितिले साजनको नाम काटेर अरबिन्द्रलाई बढुका लागि सिफारिस गरेपछि अन्यायमा परेका लावट उजुरी बोकेर लोकसेवा आयोगमा पुगेका थिए ।

बिज्ञापन

दुबैको हाजिरी मिति एउटै भए पनि शुरुको नियुक्ति मिति साजनको अगाडि देखिएको थियो । लोकसेवा आयोगका सदस्य अध्यक्ष ,उर्जा मन्त्रालयका सहसचिव सदस्य र संघीय मामिला तथा सामान्य प्रशासन कर्मचारी सम्मिलित तीन सदस्यीय समितिले गरेको बढुवा सिफारिसमा यस्तो बदमासी गरेको थियो । बढुवा सिफारिस हुँदा गडबडी भएमा ३५ दिनभित्र लोकसेवा आयोगमा उजुरी दिनसक्ने प्रावधान छ । सोही प्रावधानमा टेकेर उनले लोकसेवा आयोगमा उजुरी दिएका थिए । आयोगले बढुवा सिफारिस समितिको निर्णय उल्टाएर लावटलाई नै बढुवा गर्न भनेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

सचिवको कमाण्डमा ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ स्थापना

निजामती सेवामा अवकाश: तथ्य, भ्रम र भविष्य

‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो संस्करण साउन २९ गते

अघि बढ्यो सचिव बढुवा प्रक्रिया : यी हुन बढुवाका लाइनमा रहेका बरिष्ठहरु

चार सहसचिवको आन्तरिक सरुवा,एडिबीको कार्यकारी निर्देशकमा धनीराम

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

बिशेष