समय अवधि बाँकी रहेका शंकरदास बैरागीलाई नयाँ पद सृजना गरेर मुख्य सचिवको कुर्सीमा पुगे बैकुण्ठ अर्याल । स्वभाविक प्रक्रिया मिचेर अस्वभाविक प्रक्रियाबाट मुख्य सचिव नियुक्त भएका अर्याल एक पछाडि अर्को विवाद र अनियमिततामा मुछिएका छन् । टेरामेक्स,विकल पौडेलसँगको आर्थिक कारोवार लगायतका ६ वटा फरक- फरक बिषयमा विवादमा मुछिएका अर्याल नै अख्तियारले पटक पटक बयान लिइरहेको छ ।
बिज्ञापन
सिंगो निजामती सेवाका अभिभावक मानिएका मुख्यसचिव बैकुण्ठ अर्याल अहिले एकै पटक ६ वटा फरक फरक भ्रष्टाचारका मुद्धामा जोडिएका छन् । पछिल्लो पटक टेरामेक्स प्रकरणमा अख्तियारले बहालवाला मन्त्री,पूर्व मन्त्रीसहित मुख्य सचिव बैकुण्ठ अर्यालसँग समेत अख्तियारले बयान लिइसकेको छ । यस्का अलवा भ्रष्टाचारका अभियुक्त मानिएका विकल पौडेलसँग अस्वभाविक कारोवार देखियो । आइटी माफियाका रुपमा चिनिएका विकल पौडेल जो सेक्युरिटी प्रिन्टिङ प्रेस सम्बन्धी काण्डमा अहिले अख्तियारको हिरासतमा छन् । उनै बिकल पौडेलसँग आर्थिक कारोबार भएको खुल्यो तर पनि उनलाई प्रधानमन्त्री प्रचण्डले हटाउन जरुरी ठानेका छैनन । अहिले अख्तियारको हिरासतमा रहेका विकलसँग बैकुण्ठले १४ लाख रुपैयाँ रकम बुझेको बाहिरिएको थियो । पौडेल र अर्यालबीच सामािजक सञ्जालमा नियमित सन्देश आदानप्रदान हुने गरेको, सरकारी फाइल आदानप्रदान भएको र अर्यालले बैंक खाता नम्बर पठाएपछि विकलले क्रमशः ५ लाख र ९ लाख रुपैयाँ दिलाएको विवरण सार्वजनिक भएको छ । यसरी प्रविधिका क्षेत्रका खलनायक मानिएका विकल पौडेल जोडिएको राष्ट्रिय भुक्तानी प्रणाली (दोस्रो चरण), टेरामक्स अनियमितता, विकल पौडेलसँगको शंकास्पद कारोवार, नेपाल टेलिकमको बिलिङ प्रणालीलगायतका अनियमिततामा मुछिएका उनै अर्यालले विकलहरुकै इच्छापूर्ति हुने गरी सेक्युरेटी सुरक्षण मुद्रण केन्द्रको बजेट बिनियोजन र अन्तशुल्क स्टिकरको अनियमिततामा समेत मुख्यसचिव अर्यालको नाम जोडिएको हो । उनी सञ्चार सचिवको कुर्सीमा हुँदा अतिरिक्त बजेट र थप दुई वर्षका लागि गरी २३ अर्ब ६३ करोड रुपैयाँको स्रोत सुनिश्चितताका लागि अर्थ मन्त्रालयमा पत्राचार गर्ने निर्णय अहिले बाहिरिएको छ र यो प्रकरणमा समेत मुख्यसचिवलाई जोडेर हेरिदैं छ ।
अख्तियारको राडरमा परेका अर्याल भने विगतमा भएका बदमासी चोख्याउन र तनावबाट भुल्नका लागि मुख्यसचिव अर्याल कहिले ओशो आश्रम त कहिले चतराधामतिर पुगेर योगी र जोगीहरुको शरण लिइरहेको भेटिएको छ । अघिल्लो महिनामात्र मुख्यसचिव अर्याल तपोवनमा स्वामी आनन्द अरुणको शरणमा पुगेका थिए अर्याल । परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठसँगै मुख्य सचिव अर्याल समेत तपोवन बसेर फर्किएका थिए ।
बिज्ञापन
अहिले उनै मुख्यसचिव फेरि चतराधाममा पुगेर फर्किएका छन् । सामान्य प्रशासन सचिव मुकुन्द निरौलाको साथ लागेर उनी चताराधामको महाकुम्भमेला पुगेर फर्किएका हुन । महाकुम्भ मेलाको समापनमा पुगेका मुख्यसचिव अर्याल र सामान्य सचिव निरौलाले पाँच दर्जन सह सचिवहरुको सरुवाको सूची उतै टुंग्याएको एकाथरी सहसचिवहरु बताउँछन् ।