यी हुन सचिव बन्ने लाइनमा रहेका ३० सहसचिवहरु

प्रशासन सेवातर्फका सचिव सुरेश अधिकारी र कृषि सेवाका रेवतीरमण पौडेल यही २८ वैशाखमा घर गएसँगै दुई सचिव पद रिक्त हुन पुगेको छ ।सचिवमा उक्लने प्रतिष्प्रर्धामा छन्, ६ सहसचिवहरु । लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीको अध्यक्षतामा बसेको सचिव बढुवा सिफारिस समितिले प्रशासन र प्राविधिकतर्फ रिक्त हुन पुगेका एक एक सचिवका लागि दुबै सेवातर्फबाट बरिष्ठतम् तीन तीन जना सहसचिवको नाम सिफारिस गरेको छ ।

बिज्ञापन

बढुवा सिफारिस समितिले प्रशासन सेवातर्फ सहसचिवत्रय लोकनाथ पौडेल, गोविन्दबहादुर कार्की र महादेव पन्थको नाम सिफारिस गरेको छ । यस्तै,कृषि तथा वन सेवातर्फ रिक्त रहेको एक सचिवका सहसचिवत्रय सञ्जीवकुमार कर्ण, सबनम शिवाकोटी र राजेन्द्रप्रसाद मिश्रको नाम सिफारिस भएको छ । यी ६ जनामध्ये दुई जना सचिव बढुवा हुनेछन् ।बरिष्ठताकै आधारमा सचिवमा उकालिएको खण्डमा प्रशासनतर्फबाट पौडेल र कृषि सेवाबाट कर्णको प्रवल सम्भवना छ,सचिवमा उक्लने ।

बिज्ञापन

अब १३ असारमा सुशीलचन्द्र तिवारी अवकाश पाएर घर फर्कदैछन् । निजामती किताबखानाबाट प्राप्त विवरण केलाउँदा सचिव बन्ने लाइनमा रहेका सचिवहरुमा  रघुराम विष्ट,वावुराम अधिकारीहरु रहेका छन् । यस्तै मदन भुजेल,चन्द्रकला पौडेल, शोभाकान्त पौडेल, भुपाल वराल, डण्डुराज घिमिरेहरु पनि सचिव उक्लने लाइनमा छन् । यस्तै शिक्षासेवाका खगेन्द्र प्रसाद सुवेदी, कृष्ण प्र काप्री, वैकुण्ठ प्रसाद अर्याल, इमनारायण श्रेष्ठहरु पनि सचिव बन्ने लाइनका सहसचिवहरु हुन ।

राजेन्द्र प्रसाद पौडेल,इन्दु घिमिरे, कमल प्रसाद भट्टराई,श्रीकृष्ण नेपाल,हाल स्वास्थ्यमा आइपुगेका विनोद वहादुर कुँवरका अलवा निलम्बनमा परेका रूद्रसिंह तामाङ पनि सचिवमा उक्लने लाइनमा थिए । यस्तै हालैमात्र शिक्षाबाट सरुवा भएका कालीप्रसाद पराजुली,नारायण प्रसाद भट्ट,उत्तर कुमार खत्री, आभा कर्ण श्रेष्ठ,चक्रवहादुर वुढा र जयनारायण आचार्यहरु सचिव बन्ने पर्खाइमा छन् ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अध्यादेश ल्याउँदै सरकार

अपरान्ह मन्त्रिपरिषद्को बैठक,अध्यादेश स्वीकृतिका लागि राष्ट्रपति समक्ष पठाइने तयारी

सुकुम्बासी राजनीतिले काठमाडौँ कुरूप बन्यो : पूर्वसचिव भीम उपाध्याय

स्थानीय तह जान अटेरी गर्ने कर्मचारीमाथि कडा कदम, मन्त्री रावलको निर्देशनपछि यी उपसचिवमाथि कारबाहीको सिफारिस

संघीय निजामती विधेयकमा ट्रेड युनियन अधिकार कटौतीको प्रयासप्रति कर्मचारी संगठनहरुको आपत्ति

सुधारका फाइल थन्किँदा वैदेशिक रोजगार क्षेत्र अस्तव्यस्त : सचिव काफ्ले आलोचनामा

उत्कृष्टको सम्मान पाएका प्रहरी घुससहित पक्राउ

नैतिकता र डिजिटल अस्तित्वको द्वन्द्व   

बिशेष