सरकारले एकै पटक ६० सहसचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद्को गत २७ वैशाखको बैठकले विभिन्न मन्त्रालय,निकायमा रहेका ६० सहसचिवहरुको सरुवा गरेको हो ।जसमध्ये केहीको पदस्थापन गरिएको हो ।सरुवाको सूची अनुसार प्रशासन सेवाका ४३,कृषि सेवाका ४,इञ्जिनियरिङ सेवातर्फका ६,स्वास्थ्य सेवाका ४ र बन सेवाका ३ गरेर ६० सहसचिवको सरुवा भएको हो ।
बिज्ञापन
सरुवाको सूची अनुसार,उद्योगमा कार्यरत सहसचिव रामचन्द्र तिवारी र तीर्थराज चिलुवाल,मधेसी आयोगमा कार्यरत बसन्त अधिकारी गृहमा भित्रिएका छन् । यस्तै सामाजिक विकास मन्त्रालय,बाग्मती प्रदेशका सचिव डा. भीष्मकुमार भुषाल,मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेशमा कार्यरत विष्णु प्रसाद कोइरालाले पनि गृहमा इन्ट्री पाएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशबाट तिर्थराज भट्टराई,सहरी मन्त्रालयमा कार्यरत अर्जुन कुमार वम पनि गृहमा भित्रिएका छन् । गृहबाट महादेव पन्थ,श्रवणकुमार पोखरेल,रामेश्वर मरहठ्ठा,रुद्रप्रसाद पण्डित,बद्रीनाथ गैह्रे र वेदप्रसाद खरेलहरु बाहिरिएका छन् । सरुवाको सूची अनुसार,७ सहसचिव गृहमा भित्रिएका छन् भने ६ सहसचिव गृहबाट बाहिरिएका छन् ।
बिज्ञापन
मन्त्रिपरिषद कार्यालयका सहसचिव नारायणप्रसाद भट्ट र नवराज ढुंगानालाई परराष्ट्र मन्त्रालयमा पुर्याइएको छ । अबको केही दिनमा ढुंगाना र भट्टलाईवाणिज्यदूतको रुपमा खटाउने तयारी छ । चीनको गोञ्जाओस्थित महावाणिज्य दूतावास र भारतको कोलकत्तामा पठाउने गरी ढुंगाना र भट्टलाई परराष्ट्र लगिएको हो । ईश्वराज पौडेल तानेर त्यहाँ ढुंगनालाई पठाउने तयारी चल्दैछ ।
यता,सामान्य प्रशासनको प्रवक्ताको जिम्मेवारी निर्वाह गरिरहेका कमलप्रसाद भट्टराई प्रधामनन्त्री कार्यालयमा सरुवा भएका छन् । उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक बनाइने चर्चा छ । हङकङको महावाणिज्यदूत र भन्सार विभागको महानिर्देशक समेत भट्टराई संघीय मामिला तथा सामान्य प्रशासनको प्रवक्ताको जिम्मेवारीमा थिए । पुष्प शाहीलाई तानेर त्यहाँ कमललाई खटाउने तयारी चल्दैछ । पुष्प त्रिवि अध्यागमनमा हुँदा नै विवादमा मुछिएका थिए । त्यसपछि उनी लमजुङको प्रमुख जिल्ला अधिकारी बन्न गएका थिए । त्यहाँ बाट छोटो समयमा तानिएका उनलाई सम्पत्ति शुद्धीकरणको महानिर्देशकको जिम्मेवारी दिएर खटाइएको थियो ।
बिज्ञापन
पर्यटन विभागबाट चक्र बुढा राजश्व अनुसन्धान विभागमा पुगेसँगै रिक्त रहेको विभागको महानिर्देशकमा रुद्रप्रसाद पण्डित बन्ने प्रवल सम्भवना छ । उनलाई गृहबाट संष्कृति पर्यटन मन्त्रालयमा पुर्याइएको छ । यस्तै काठमाडौंका मेयर बालेनले सरुवा गराएका बसन्त अधिकारीलाई रवि लामिछानेको मन्त्रालयमा भित्र्याइएको छ ।यस्तै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा विपिन अचार्य, ध्रुव घिमिरे,चण्डी घिमिरेमध्ये कसैलाई बनाइने सम्भवना छ । त्यहाँबा तीर्थराज चिलुवाल गृहमा भित्रिएका छन् ।