नीति तथा कार्यक्रम :-निजामती कर्मचारीका विषय के–के समेटिए ?

सरकारले निजामती कर्मचारीहरुको तलब तथा सेवासुविधा समानुकूल र आकर्षक बनाउने जनाएको छ ।

बिज्ञापन

आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम पेस गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन । उनले राष्‍ट्रसेवक कर्मचारीको सेवासुविधा समयानुकूल, आकर्षक, पूर्वानुमानयोग्य र समन्यायिक बनाई राष्‍ट्रसेवकलाई व्यावसायिक, उत्प्रेरित र उच्च मनोबलयुक्त तुल्याइने घोषणा गरे ।

बिज्ञापन

राष्ट्रसेवक कर्मचारीहरुको सेवासुविधा समयानुकूल,आकर्षक,पूर्वअनुमानयोग्य र समन्यायिक बनाइ राष्ट्र सेवकलाई व्यवसायिक,उत्प्रेरित र उच्च मनोबलयुक्त बनाइनेछ । कर्मचारीलाई तालिम प्रदान गर्ने समान प्रकृतिका निकायलाई निश्चित मापदण्डका आधारमा पुर्नसंरचना र एकीकरण गरी तालिमको प्रभावकारीता बृद्धि गरिनेछ ।

यस्तै कर्मचारीसँग गरिने कार्यसम्पादन बस्तुनिष्ठ र मापनयोग्य बनाइने उनले बताए । यस्तै नीति तथा कार्यक्रममा संघीय निजामती ऐन यथाशीघ्र ल्याउने जनाइएको छ । आगामी आर्थिक वर्ष २०८१/ ८२ का लागि सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त कार्यक्रम प्रस्तुत गरेका हुन् ।

बिज्ञापन

राष्ट्रपति पौडेलले संघीय निजामती सेवा ऐन यथाशीघ्र कार्यान्वयनमा ल्याई निजामती प्रशासनलाई चुस्त,परिणामुखी बनाइने बताएका हुन । यस्तै प्रदेश निजामती सेवा र स्थानीयलाई व्यवस्थित बनाउने घोषणा गरेका छन् ।

तीन तहबीचको प्रशासनिक कार्यातमक अन्तरसम्बन्ध सुदृढ तुल्याइ सेवा प्रवाहलाई थप सहज र सुलभ बनाइने घोषणा गरेका हुन । यस्तै राष्ट्रपति पौडेलले सार्वजनिक सेवा प्रवाहलाई चुस्त र मितव्ययी बनाउन संगठन संरचनामा रहेको दोहोरोपन हटाउनुका साथैं सूचना प्रविधिमा आधारित एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागू गर्ने घोषणा गरेका हुन ।
यस्तै सरकारी सेवामा टोकन र टाइम कार्ड लागू गरिने,स्वदेश तथा विदेशमा रहेकालाई सहज रुपमा राहदानी उपलव्ध गराइने घोषणा गरिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

लोक सेवा आयोगको नतिजा सार्वजनिक: रा.प.प्रथम (हाइवे) सहसचिव पदमा ४ जना अन्तर्वार्ताका लागि छनोट

स्थानीय तहका पदाधिकारीहरू आफू बहाल पालिकाभित्र चुनावी प्रचारमा हिंड्न नपाउने

पुस्तक समीक्षा: वेदान्त सुवर्ण मालाः अद्वैत वेदान्तको दर्शन र अनुभवको संगम

बहादुर भवनको निर्देशन भौतिक स्वरूपका चुनाव चिह्न प्रयोग नगर्निनुहोस्

विवादित सिडिई जयसवालमाथि कारबाही किन हुँदैन, मन्त्री चौलागाईं मौन किन ?

भ्रष्टाचार मुद्धा : एक पूर्वमन्त्रीसँग माग्यो पाँच लाख धरौटी,अर्काे मन्त्री -सचिव साधरण तारेखमा रिहा

निर्वाचनमा लगातार सात दिन सार्वजनिक विदा

रसुवामा राष्ट्रिय युवासंघ पुनर्गठन: सुरेश थोक्रा अध्यक्ष चयन

बिशेष