६० सहसचिवको सरुवा :- गृहबाट ७ ‘आउट’,६ को ‘इन्ट्री’

सरकारले एकै पटक ६० जना सहसचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद्को गत २७ वैशाखको बैठकले विभिन्न मन्त्रालय,निकायमा रहेका ६० सहसचिवहरुको सरुवा गरेको हो ।जसमध्ये केहीको पदस्थापन गरिएको हो ।सरुवाको सूची अनुसार प्रशासन सेवाका ४३,कृषि सेवाका ४,इञ्जिनियरिङ सेवातर्फका ६,स्वास्थ्य सेवाका ४ र बन सेवाका ३ गरेर ६० सहसचिवको सरुवा भएको हो ।
सरुवाको सूची अनुसार,उद्योगमा कार्यरत सहसचिव रामचन्द्र तिवारी र तीर्थराज चिलुवाल,मधेसी आयोगमा कार्यरत बसन्त अधिकारी गृहमा भित्रिएका छन् । यस्तै सामाजिक विकास मन्त्रालय,बाग्मती प्रदेशका सचिव डा भीष्मकुमार भुषाल,मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेशमा कार्यरत विष्णु प्रसाद कोइरालाले पनि गृहमा इन्ट्री पाएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशबाट तिर्थराज भट्टराई,सहरी मन्त्रालयमा कार्यरत अर्जुन कुमार वम पनि गृहमा भित्रिएका छन् ।
गृहबाट महादेव पन्थ,श्रवणकुमार पोखरेल,रामेश्वर मरहठ्ठा,रुद्रप्रसाद पण्डित,बद्रीनाथ गैह्रे र वेदप्रसाद खरेलहरु बाहिरिएका छन् । सरुवाको सूची अनुसार,७ सहसचिव गृहमा भित्रिएका छन् भने ६ सहसचिव गृहबाट बाहिरिएका छन् ।

बिज्ञापन

मन्त्रिपरिषद कार्यालयका सहसचिव नारायणप्रसाद भट्ट र नवराज ढुंगानालाई परराष्ट्र मन्त्रालयमा पुर्याइएको छ । अबको केही दिनमा ढुगनालाई वाणिज्यदूतको रुपमा खटाउने तयारी छ । सामान्य प्रशासनको प्रवक्ताको जिम्मेवारी निर्वाह गरिरहेका कमलप्रसाद भट्टराई प्रधामनन्त्री कार्यालयमा सरुवा भएका छन् ।

बिज्ञापन

 

सरुवा सूची

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रशासकीय अधिकृतले आफैंलाई बढुवा गरेपछि…

रसुवागढी नाकामा अस्थायी पुल बनाउने चीनको प्रतिबद्धता, दसैंअघि निर्माण हुने अपेक्षा

रुपन्देहीमा सशस्त्र प्रहरीको दृढ उपस्थिति: सीमासुरक्षा, लागुऔषध नियन्त्रण र राजस्व सुरक्षा एकैसाथ

सुव्वाको भंयकर शक्ति

लिजको जग्गा धितो राखेर डेढ अर्व ऋृण,किन हुँदैन छानबिन ?

शासकलाई हाइसञ्चो,प्रशासकलाई दोव्वर जरिवाना

विशेष समितिसँग खतिवडाको बयान : ‘कर्मचारीले षडयन्त्र र विश्वासघात गरे’

सार्वजनिक विदामा समेत सम्पत्ति विवरण बुझाउन सकिने : राष्ट्रिय किताबखानाको नयाँ व्यवस्था

बिशेष