अख्तियारले हचुवामा मुद्धा चलाउन थालेपछि विशेषले पठायो प्रमुख आयुक्तलाई ध्यानाकर्षण पत्र

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हचुवाको भरमा मुद्धा दायर गर्ने गरेको भन्दै विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तको ध्यानाकर्षण गराएको छ । विशेष अदालतले अर्काेको हकमा हचुवा र अनाहकमा मुद्धा दायर गर्ने गरेको भन्दै आरोपदावीको सम्बन्धमा अख्तियारका सम्बन्धित आरोपपत्र तयार गर्ने अभियोजनकर्तालाई ध्यानाकर्षण गराउदै प्रमुख आयुक्तलाई जानकारी लेखी पठाउने निर्णय गरेको हो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य तेज नारायण सिंह राईको इजलासले अख्तियारले हचुवाको भरमा आरोपपत्र दायर हुने गरेको भन्दै अख्तियारका प्रमुख आयुक्तलाई ध्यानाकर्षण गराएका हुन ।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत ८० माघ १६ गते बाँकेको नरैनापुर गाउँपालिका–२ मा सञ्चालित मदरसा दारुल उलूम अमजदिया बरकातियाका प्रधानाध्यापक कलिम अहमद जोलाह र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बदरुददुजा खाँ विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । लब भत्ता, छात्रवृत्ति, निःशुल्क पाठ्यपुस्तक लगायतका शीर्षकमा निकासा भएको १८ लाख तीन हजार सात सय ४१ रुपैयाँ हिनामिना गरेको अभियोगमा बाँकेस्थित नरैनापुर गाउँपालिका–२ मा सञ्चालित मदरसा दारुल उलूम अमजदिया बरकातियाका प्रधानाध्यापक कलिम अहमद जोलाह र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बदरुददुजा खाँ विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । प्रधानाध्यापकले आफ्नो जिम्मामा रहेको सक्कल कागजात बरबुझारथ नगरेको, नष्ट गरेको अख्तियारको आरोप थियो ।

बिज्ञापन

आर्थिक वर्ष २०७०/ ०७१ देखि २०७४/ ०७५ सम्म शिक्षकको तलब भत्ता, छात्रवृत्ति, निःशुल्क पाठ्यपुस्तक, विद्यालय फर्निचर र भवन निर्माण शीर्षकमा निकासा भएको रकम प्रधानाध्यापक जोलाह र खाँले आफूखुसी खर्च गरेको भन्दै अख्तियारले जोलाह र खाँविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको कसुरमा बिगोसहितको जरिवाना र कैद सजायको मागदावी गरेको छ । विशेष अदालत अध्यक्ष टेकनारायण कुँवर र सदस्य तेज नारायण सिंह राईको इजलासले प्रधानाध्यापक कलीम अहमद जोलाहले भ्रष्टाचार गरेको ठहर गर्‍यो । तर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बदरुददुजा खाँ भने निर्दोष रहेको फैसला गर्दै यस्तो अवस्थामा यस्तो आरोपदावीको सम्बन्धमा अख्तियारका सम्बन्धित आरोपपत्र तयार गर्ने अभियोजनकर्तालाई ध्यानाकर्षण गराउदै प्रमुख आयुक्तलाई ध्यानाकर्षण पत्र पठाउन भनिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

सचिवको कमाण्डमा ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ स्थापना

निजामती सेवामा अवकाश: तथ्य, भ्रम र भविष्य

‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो संस्करण साउन २९ गते

अघि बढ्यो सचिव बढुवा प्रक्रिया : यी हुन बढुवाका लाइनमा रहेका बरिष्ठहरु

चार सहसचिवको आन्तरिक सरुवा,एडिबीको कार्यकारी निर्देशकमा धनीराम

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

बिशेष