एकै पटक ६ हजार ७०५ कर्मचारी र जनप्रतिनिधि कारवाहीमा पर्दे

राष्ट्रिय सतर्कता केन्द्रका अनुसार आर्थिक वर्ष २०७९/ ८० मा सम्पत्ति विवरण नबुझाउनेको सङ्ख्या ६ हजार ७०५ जना रहेको छ । संघ, प्रदेश र स्थानीय तहका कुल ७,४६,४६३ मध्ये ७,३९,७५८ जना पदाधिकारी तथा कर्मचारीहरुले समयमा सम्पत्ति विवरण बुझाएको र ६,७०५ जनाले निर्धारित समयभित्र नबुझाएको सतर्कता केन्द्रले प्रकाशन गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रतिवेदनमा अघिल्ला आर्थिक बर्षभन्दा गत आर्थिक बर्षमा सम्पत्ति विवरण बुझाउनेको संख्या बृद्धि भएको छ । आर्थिक वर्ष २०७८७९ मा ७ लाख १९ हजार १५७ जना अर्थात् ९८ दशमलव ६८ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७९/ ८० मा ७ लाख ३९ हजार ७५८ जना अर्थात् ९९ दशमलव १० प्रतिशत प्रतिशत पुगेको केन्द्रको भनाइ छ ।

बिज्ञापन

यस्तै आर्थिक वर्ष २०७८/ ७९ को सम्पत्ति विवरण नबुझाउनेको सङ्ख्या ९ हजार ५९० जना अर्थात १ दशमलव ३४ प्रतिशत रहेकामा सम्पत्ति विवरण बुझाउनेको सङ्ख्यामा बढोत्तरी हुनु र नबुझाउनेको सङ्ख्या एक प्रतिशत भन्दा कम हुन सुखद पक्ष रहेको केन्द्रले भनेको छ ।
सार्वजनिक पदमा बहाल रहेको व्यक्तिले भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ५० (१) बमोजिम सार्वजनिक पद धारण गरेको मितिले साठी दिन भित्र र त्यस पछि हरेक आर्थिक वर्ष समाप्त भएको साठी दिन भित्र कानुन वमोजिम आफ्नो सम्पतिको स्रोत वा निस्सा सहितको अध्यावधिक विवरण पेश गर्नुपर्ने व्यवस्था रहेको र तोकिएको म्यादभित्र सम्पत्तिको विवरण पेश नगर्ने सार्वजनिक पद धारण गरेको व्यक्तिलाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ५० (३) अनुसार पाँच हजारसम्म जरिवाना गराउन सक्ने व्यवस्था छ ।

बिज्ञापन

सम्पत्ति विवरण नबुझाउनेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच हजारसम्म जरिवाना गर्ने व्यवस्था रहेको छ ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रशासकीय अधिकृतले आफैंलाई बढुवा गरेपछि…

रसुवागढी नाकामा अस्थायी पुल बनाउने चीनको प्रतिबद्धता, दसैंअघि निर्माण हुने अपेक्षा

रुपन्देहीमा सशस्त्र प्रहरीको दृढ उपस्थिति: सीमासुरक्षा, लागुऔषध नियन्त्रण र राजस्व सुरक्षा एकैसाथ

सुव्वाको भंयकर शक्ति

लिजको जग्गा धितो राखेर डेढ अर्व ऋृण,किन हुँदैन छानबिन ?

शासकलाई हाइसञ्चो,प्रशासकलाई दोव्वर जरिवाना

विशेष समितिसँग खतिवडाको बयान : ‘कर्मचारीले षडयन्त्र र विश्वासघात गरे’

सार्वजनिक विदामा समेत सम्पत्ति विवरण बुझाउन सकिने : राष्ट्रिय किताबखानाको नयाँ व्यवस्था

बिशेष