एकै पटक ६ हजार ७०५ कर्मचारी र जनप्रतिनिधि कारवाहीमा पर्दे

राष्ट्रिय सतर्कता केन्द्रका अनुसार आर्थिक वर्ष २०७९/ ८० मा सम्पत्ति विवरण नबुझाउनेको सङ्ख्या ६ हजार ७०५ जना रहेको छ । संघ, प्रदेश र स्थानीय तहका कुल ७,४६,४६३ मध्ये ७,३९,७५८ जना पदाधिकारी तथा कर्मचारीहरुले समयमा सम्पत्ति विवरण बुझाएको र ६,७०५ जनाले निर्धारित समयभित्र नबुझाएको सतर्कता केन्द्रले प्रकाशन गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रतिवेदनमा अघिल्ला आर्थिक बर्षभन्दा गत आर्थिक बर्षमा सम्पत्ति विवरण बुझाउनेको संख्या बृद्धि भएको छ । आर्थिक वर्ष २०७८७९ मा ७ लाख १९ हजार १५७ जना अर्थात् ९८ दशमलव ६८ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७९/ ८० मा ७ लाख ३९ हजार ७५८ जना अर्थात् ९९ दशमलव १० प्रतिशत प्रतिशत पुगेको केन्द्रको भनाइ छ ।

बिज्ञापन

यस्तै आर्थिक वर्ष २०७८/ ७९ को सम्पत्ति विवरण नबुझाउनेको सङ्ख्या ९ हजार ५९० जना अर्थात १ दशमलव ३४ प्रतिशत रहेकामा सम्पत्ति विवरण बुझाउनेको सङ्ख्यामा बढोत्तरी हुनु र नबुझाउनेको सङ्ख्या एक प्रतिशत भन्दा कम हुन सुखद पक्ष रहेको केन्द्रले भनेको छ ।
सार्वजनिक पदमा बहाल रहेको व्यक्तिले भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ५० (१) बमोजिम सार्वजनिक पद धारण गरेको मितिले साठी दिन भित्र र त्यस पछि हरेक आर्थिक वर्ष समाप्त भएको साठी दिन भित्र कानुन वमोजिम आफ्नो सम्पतिको स्रोत वा निस्सा सहितको अध्यावधिक विवरण पेश गर्नुपर्ने व्यवस्था रहेको र तोकिएको म्यादभित्र सम्पत्तिको विवरण पेश नगर्ने सार्वजनिक पद धारण गरेको व्यक्तिलाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ५० (३) अनुसार पाँच हजारसम्म जरिवाना गराउन सक्ने व्यवस्था छ ।

बिज्ञापन

सम्पत्ति विवरण नबुझाउनेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच हजारसम्म जरिवाना गर्ने व्यवस्था रहेको छ ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रास्वपा निर्वाचनमा गुटबन्दीको असर : पदाधिकारीमा असिमबाहेक सबै संस्थापन पक्षका

निजामतीमा राजीनामाको लहर : ९ दिनमै ७१ कर्मचारीको राजीनामा

कमलपोखरीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बाहिनी अभ्यास सम्पन्न

रास्वपा केन्द्रीय सदस्यमा पराजित भए श्रममन्त्री

महानिर्देशकले टेरेनन् बालेन सरकारको निर्देशन

गृहमन्त्रीको अम्लेटमा माछाको काँडा,सहायक सिडियोको खानामा सङ्खे कीरा

स्थानीय सरकार: खर्चमा अघि, आयमा पछि

गृहको रिर्पोट कार्ड : कासमूमा मनाङ अब्बल,सबैभन्दा कमजोर धनुषा र काठमाडौं

बिशेष