आइटीका खलनायकविरुद्ध तेश्रो मुद्धाको तयारी

व्यक्ति जतिसुकै शक्तिशाली भए पनि अपराध गरेपछि एक न एक दिन कानुनको कठाघरामा उभिनैपर्छ । शक्ति केन्द्रको आडमा राज्यकोषको करोडौं ब्रह्मलुट गरेर रकम विदेश ओसार्दा पनि विगतमा छुट पाउँदै आएका थिए सुनिल र विकल पौडेलले । अहिले यी मध्ये एक अख्तियारको हिरासतमा र अर्काे डिल्लीबजार कारागारमा चलान भएका छन् । न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले गैरकानुनी सम्पत्ति आर्जनमा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै सुनिल कारागार चलान भएका छन् ।

बिज्ञापन
कुनै समय नेपालको सूचना प्रविधि क्षेत्रमा सुनिल र विकल पौडेलहरुकै चकचकी थियो । यी दुइमाथि उपर अहिले अख्तियारले एक पछि अर्काे भ्रष्टाचार मुद्धा चलाइरहेको छ । नेपालको सूचना प्रविधि क्षेत्रका खलनायकका रुपमा चिनिएका विकल अहिले अख्तियारको हिरासतमा छन् ।  नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई विशेष अदालतले नेशनल पेमेन्ट गेटवेको भ्रष्टाचार मुद्धामा दोषी ठहर गरेको छ । विशेषले नेशनल पेमेन्ट गेटवे प्रकरणमा मुछिएका ९ मध्ये सुनिल पौडेललाई भ्रष्टाचारी ठहर गरेको थियो । विशेष अदालतले उनै सुनिललाई थुनामा पठाउन आदेश दिएको छ । विशेषको आदेशसँगै सुनिल सुनिल पौडेल डिल्लीबजार जेल चलान भएका छन् । अवैध सम्पत्ति आर्जनसम्बन्धि भ्रष्टाचार मुद्दामा बिशेष अदालतले उनलाई थुनामा पठाउने आदेश दिएको हो । अवैध सम्पत्ति लुकाउनसक्ने भन्दै अदालतले थुनामा पठाएको हो । पौडेलद्धयलाई अख्तियारले गत माघ १० गते अख्तियारले पक्राउ गरेको थियो ।अख्तियारको हिरासतमा रहेका विकल पौडेललाई मुख्य प्रतिवादी बनाएर अख्तियारले तेस्रो भ्रष्टाचार मुद्धा विशेषमा लैजाने तयारी गरिरहेको छ । यसमा विकलसहित अन्य को कस्लाई प्रतिवादी बनाउन लागिएको छ,सो को विवरण भने अख्तियारले खुलाएको छैन । अख्तियारको टोली उनीविरुद्ध भ्रष्टाचार मुद्दाको अभियोग बोकेर विशेष अदालत पुगिसकेको छ ।

अख्तियारले सुरक्षण मुद्रण केन्द्रमा भ्रष्टाचार गरेकोदेखि अमेरिकी पीआर ढाँटेर सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक बनेकोसम्ममा विकलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भइसकेको छ । उनीविरुद्ध तेस्रो भ्रष्टाचारको मुद्दा दायर गर्ने प्रक्रिया अघि बढाएको हो ।

बिज्ञापन

माघ १० गतेदेखि अकुत सम्पत्ति आर्जनको अभियोगमा अख्तियारको हिरासतमा रहेका विकल तेस्रो भ्रष्टाचारको मुद्दा सामना गर्दै छन् । आईतबार नै विकललाई थप १० दिन अख्तियारको हिरासतमा राख्न विशेष अदालतले अनुमति दिइसकेको छ ।

यिनै विकलसँग अनुचित लेनदेनमा मुख्यसचिव बैकुण्ठ अर्याल जोडिएको प्रमाणसमेत सार्वजनिक हुँदा समेत अर्याललाई भने अख्तियारले सुन पानी छर्किदै आएको छ । विकलसँग अनुचित कारोवारमा जोडिएका मुख्यसचिव अर्याल पछिल्लो चरणमा कहिले ओशो तपोवन त कहिले सुनसरीको चतरा क्षेत्रमा पुगेर जोगी र योगीहरुको दर्शनमा रमाउन थालेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मुख्य सचिवको १० महिना : सार्वजनिक प्रशासन र सेवा प्रवाहको क्षेत्रमा के- के भए सुधार ?

वैरोको सुधार अभियान : बिचौलियाविरुद्ध कठोर र प्रविधिमैत्री सेवाले श्रमिकलाई राहत

निजामती विधेयकमाथि निजामती कर्मचारी संगठनको सकारात्मक टिप्पणी, माग समेट्न राष्ट्रिय सभालाई आग्रह

बहुप्रतिक्षीत संघीय निजामती सेवा ऐनसंगको अपेक्षा

अब खुल्नेछैन नासु पदमा नयाँ विज्ञापन

‘कानुनी छिद्र’ राखेर पारित भयो कुलिङ पिरियड

भ्रष्टाचार मुद्धामा पूर्व मन्त्री बस्नेतलाई २५ लाख धरौटीमा रिहा गर्न आदेश

यी एक दर्जन नयाँ प्रावधानसहित प्रतिनिधि सभाबाट पारित भयो संघीय निजामती सेवा विद्येयक

बिशेष