यौन काण्डमा सात हाकिम : कोही कारागारमा,कोही फरार,एक धरौटीमा रिहा

पछिल्लो समय निजामती कर्मचारी र भ्रष्टाचार एक अर्काको पर्याय बन्न पुगेको छ । हुँदाहुँदै कार्यालयमै यौनजन्य गतिविधि गर्ने कर्मचारीको संख्या समेत बढ्न थालेको छ । पछिल्लो एक बर्षमा सात जना कर्मचारीहरु यौनकाण्डमा डामिएका छन् ।अघिल्लो साउनदेखि यताका १० महिनामा ७ कर्मचारी हाकिमहरु यौनकाण्डमा डामिएका छन् । जसमध्ये एक पुर्पक्षका लागि थुनामा छन्,अर्काे एक फरार अवस्थामा छन् । यस्तै जिल्ला अदालतमा ३५ हजार धरौटी बुझाएर एक उपसचिव जिम्मेवारीमा फर्किएका छन् । बाँकी काण्डवाला हाकिमहरुलाई साधरण स्पष्टीकरण समेत नसोधी सरकारले जिम्मेवारीमा फर्काएको छ । यसले निजामतीमा दण्डहीनता मौलाउने चिन्ता पोख्छन्,प्रशासकहरु । तिनैका भीडमा थपिएका छन्,अर्काे उपसचिव । जस्का बदमासी अहिले छरपष्ट भएपछि फरार छन् ।

बिज्ञापन

यस्तो बदमासीमा डामिएका उपसचिव हुन रुपेशकुमार साह । ५ वर्षदेखि उनी मुख्यमन्त्री कार्यालयमा निमित्त प्रमुख सचिव, प्रवक्ता र सूचना अधिकारी लगायतका महत्वपूर्ण जिम्मेवारीमा रहेर काम गर्दै आएका थिए । उनका लागि सरकारले क्वार्टर उपलव्ध गराएको थियो । सोही क्वार्टर नजिकै डेरा गरेर बस्ने साथीको श्रीमतीलाई जर्वजस्त करणी गरेको आरोप साहमाथि लागेको छ । गत फागुन १८ गते आफ्नो सहकर्मी गाँउ गएको मौका पारेर उनले साथीको श्रीमतीलाई जर्वजस्त करणी गरेको उजुरी प्रहरीमा दर्ता भएको छ । जनकपुर–९ स्थित सरकारी निवासमा मुख्यमन्त्री कार्यालयमै कार्यरत एक कर्मचारीको श्रीमतीलाई रातको समयमा नशालु पदार्थ खुवाएर जर्बजस्ती करणी गरेको भन्दै उपसचिव साहबिरुद्ध उजुरी परेसँगै प्रहरीले साहविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ ।

बिज्ञापन

०८० चैत्र ३० मा उपसचिव साहविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा पीडित महिलाले उजुरी दिएसँगै उनी फरार छन् ।

जाहेरीमा भनिएको छ, ‘मेरो श्रीमानको साथी भएको नाताले मेरो कोठामा टीभी हेर्न आउने गरेको थियो । श्रीमानको साथी हो भनेर सम्मान पनि गर्थेँ । यसैक्रममा माघ १८ गते राति मेरो श्रीमान गाउँ गएको बेला हनुमानजीको मन्दिरको प्रसाद हो भनी करकाप गरी नशालु पदार्थ खुवाए । प्रसाद खाएपछि म बेहोस भएँ । त्यसपछि जबर्जस्ती करणी गर्‍यो ।’त्यस दिन बनाएको भिडिओ र फोटो देखाएर आफूलाई ब्ल्याकमेल गर्दै पटक-पटक बलात्कार गरेको जाहेरीकर्ताले लेखेकी छन् । एसिड हालेर अनुहार बिगारिदिने, चक्कु देखाएर ज्यान मारिदिने लगायतका धाकधम्की त्रास देखाई पटक-पटक जबर्जस्ती गरेको उनको आरोप छ ।

बिज्ञापन

उजुरी दर्ता भएपछि धनुषा प्रहरीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र काटेर आरोपी उपसचिव साहको तीनपुस्तेसहितका विवरण माग गरेको छ । मुख्यमन्त्री कार्यालयले पनि आवश्यक विवरण प्रहरीलाई उपलब्ध गराइसकेको छ । तर, आरोपी उपसचिव साह अझै पक्राउ पर्न सकेका छैन् । धनुषा प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ ।

यही करणी गरेको भिडियो बनाएर ब्याल्कमेल गर्दै पटक पटक ती महिलालाई बलत्कार गरेको र गर्भ बसेसँगै गर्भ पतन समेत गराइएको उजुरीमा आरोप छ । प्रहरीमा जबरजस्ती करणी मुद्दा दायर भएसँगै फरार भएका छन् । यस्तै बदमासीमा डामिएका एक हाकिम हरिकुमार पोखरेल जेलमा पुगेका छन् । चितवनस्थित जिल्ला तथ्यांक कार्यालयका हाकिम यज्ञमूर्ति भण्डारीले कार्यालय सहयोगीलाई पटक पटक यौन शोषण गरेको आरोपमा प्रहरी हिरासतमा पुगेका छन् ।उनले ३५ बर्षीया कार्यालय सहयोगीलाई पटक पटक यौन शोषण गरेका र गर्भ बसे पछि गर्भ पतनका लागि दबाब दिँदा अहिले प्रहरी हिरासतमा पुगेका थिए । उनले अदालतबाट सफाइ पाएका छन ।

झापास्थित दमक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत डमरु निरौलाले नगरपालिकाको क्वार्टरभित्रै एक डिभोर्सी महिलासँग मदिरामा लठ्ठ भएर चुम्बन गरेको भिडिओ सामाजिक सञ्जालमा छरपष्ट भएसँगै विवादमा तानिएका डमरु निरौला जिम्मेवारी पाएर फर्किसकेको छन भने लेखा अधिकृतसँग कार्यकक्षमै ‘रोमान्स’ गर्ने इलामको माइजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईलाई समेत जिम्मेवरी दिएर मन्त्रालयले खटाइसकेको छ ।यस्तै यातायात व्यवस्था विभागका महानिर्देशकले आफ्नै सहकर्मीमाथि यौनहिंसा गरेको चर्चा रह्यो । आफ्नै विभागको एक महिला कर्मचारीलाई अश्लिल आपत्तिजनक म्यासेजहरु पठाएपछि ती महिला कर्मचारी भने उक्त कार्यालयबाटै सरुवा भएर हिडेकी थिइन ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।