प्रधानमन्त्रीको एउटै भ्रमणको खर्च सवा करोड,राष्ट्रपतिले भ्रमण रद्ध गर्दा ५५ लाख स्वाहा

प्रधानमन्त्री पुष्पकमल दाहालको एउटै भ्रमणमा सवा करोड रकम खर्च भएको भेटिएको छ । उता,राष्ट्रपति रामचन्द्र पौडेलले भ्रमण रद्ध गर्दा ५५ लाख रकम चुना लागेको भेटिएको छ । गत माघमा प्रधानमन्त्री प्रचण्ड प्रतिनिधिमण्डल सहित युगाण्डा भ्रमणमा निस्किदा सवा करोड खर्च भएको भेटिएको हो भने कार्तिकमा राष्ट्रपति रामचन्द्र पौडेलले अन्तिम घडीमा आफ्नो भ्रमण रद्ध गर्दा ५५ लाख भन्दा बढी रकम चुना लागेको हो ।

बिज्ञापन

पुष्पकमल दाहाल प्रचण्डको युगान्डा भ्रमणमा १ करोड २६ लाख रुपैयाँ खर्च भएको पाइएको छ । अर्थ मन्त्रालयका अनुसार प्रधानमन्त्री प्रचण्ड नेतृत्वमा युगान्डाको राजधानी कम्पालमा आयोजित असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको १९औं शिखर सम्मेलनमा सहभागी प्रतिनिधिमण्डलको भ्रमण खर्च १ करोड २६ लाख ६० हजार रुपैयाँ भुक्तानी भएको हो ।
अर्थले सो रकम परराष्ट्र मन्त्रालयका नाममा निकासा दिएको हो । प्रधानमन्त्री ४ माघमा युगान्डा प्रस्थान गरेका थिए । उनी ७ माघमा स्वदेश फर्किएका थिए ।
यता राष्ट्रपति रामचन्द्र पौडेलको रद्द हुँदा ५५ लाख २२ हजार रुपैंया वालुवामा पानी भएको छ । गत २०८० कात्तिक २२ देखि १० दिनका लागि उनी युरोप घुम्ने जाने निश्चित भइसकेको थियो । राष्ट्रपति पौडेलले एक प्रतिनिधिमण्डल लिएर फ्रान्सको पेरिस पीस फोरम, जर्मनी र इटालीको भ्रमणमा जाने तयारी थियो । सोही तयारी अनुसार युरोप भ्रमणको लागि ५५ लाख २२ हजार रुपैयाँ भुक्तानी गरेको छ । कार्यक्रम रद्द भए पनि टिकट बुकिङ गरिसकेकाले अर्थ मन्त्रालयले सो रकम भुक्तानी गर्नुपरेको हो ।

बिज्ञापन

भ्रमण कार्यक्रम रद्द भए पनि टिकटको पैसा भने रिफन्ड नहुने भएकाले अर्थ मन्त्रालयले ५५ लाख २२ हजार रकम रकमान्तर गरेर भुक्तानी गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कर्मचारीको विदेश भ्रमणमा कडाइ

मन्त्रिपरिषद्को पाँच निर्णय : कासमूमा ७५ प्रतिशत अंक कटाउनेलाई कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता

डीएफओ र वन अधिकृतहरुको सरुवा

बढ्यो राष्ट्रपति, प्रधानमन्त्रीदेखि सांसदको तलब ,कसको कति ?

किशोर श्रेष्ठलाई बरामद सामानसहित सोमबार सर्वाेच्च अदालतमा उपस्थित गराउन आदेश

चौंथोदेखि सातौं तहसम्म २५ करार कर्मचारी भर्ती गर्दै वैकल्पिक उर्जा केन्द्र

किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाई न्यायधीश ढकालको इजलाशमा

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

बिशेष