मन्त्रिपरिषद् पुनर्गठनको तयारी: रञ्जितालाई भूमि कि स्वास्थ्य ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्याबिनेट पुनर्गठनको तयारी थालेका छन् । विश्वासको मत दिएकी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई मन्त्री बनाउने र हालैमात्र सात सांसद लिएर उपेन्द्र यादवका पार्टी फुटाउनेहरुलाई मन्त्रीमा नियुक्ति गर्ने तयारी थालेका हुन ।

बिज्ञापन

जसपा नेपालको विभाजित समूह र नागरिक उन्मुक्ति पार्टी (नाउपा) लाई सरकारमा समेटेर क्याबिनेट पुनर्गठन गर्न लागिएको छ । सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डबीच यसबारे मोटामोटी सहमति भइसकेको र एकाध दिनमै ठोस निर्णय हुने बताइएको छ । बालुवाटार स्रोतले बताएअनुसार नाउपालाई एक मन्त्रालय र फुटेको जसपालाई कम्तिमा एउटा राज्यमन्त्री थपिदिने सहमति छ । फुटेको जसपाबाट अहिले नवलकिशोर साह वन तथा वातावरणमन्त्री छन् ।

बिज्ञापन

जनता समाजवादी पार्टीका प्रदीप यादव र रञ्जितालाई तत्काल मन्त्री बनाएर प्रधानमन्त्री दाहाल सत्ता समिकरणलाई बलियो बनाउने पक्षमा रहेका छन् । यसका लागि उनले गृहकार्य समेत थालेको उनी निकट स्रोतले बतायो । रञ्जिताले यस अगाडि आफूले सम्हालेको भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारणमन्त्री हुने इच्छा राख्दै आएकी छिन् ।यद्यपि प्रधानमन्त्री प्रचण्डले उपेन्द्र यादवलाई हटाएर खालि हुने स्वास्थ्य मन्त्रालयमा नाउपाका अध्यक्ष रन्जिता श्रेष्ठलाई लैजाने तयारीमा छन् । त्यस्तै, नयाँ जसपाका अध्यक्ष अशोक राईले आफू र पत्नी सुशिला श्रेष्ठ मन्त्री नबन्ने खबर गरेकाले सो पार्टीबाट नवलकिशोरले नै निरन्तरता पाउने सम्भावना बढी रहेको स्रोतको दाबी छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पिआइएस पोर्टल सञ्चालनको अधिकार अब कर्णालीलाई,पाँच हजार बढी कर्मचारी प्रत्यक्ष लाभन्वित

नापिका २१ हाकिमहरू फेरिए

१४ ठेकेदारलाई सात दिने पूर्जी

‘यो बालेन इफेक्ट हो’: पूर्वसचिव उपाध्यायको विश्लेषण

प्रहरीको परीक्षामा खेताला उमेद्धारको विगबिगी : बर्ष दिनमै ३६ परीक्षार्थी कारवाहीमा

पूर्व गृहमन्त्रीका नातेदारलाई छानी छानी नियुक्ति

अवैद्य गर्भपतन गराउँदै आएको क्लिनिकलाई प्रहरी र प्रशासनको उन्मुक्ति,स्थानीय आक्रोशित

स्वास्थ्य मन्त्रालयमा सेटिङ साम्राज्य भत्कियो: रायमाझी हटाइए, इमानदार पण्डित जोखिमपूर्ण कुर्सीमा

बिशेष