सरकारले नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने

सरकारले नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्ले नीति तथा कार्यक्रम जेठ १ गते ३ बजे ल्याउने निर्णय गरेको हो ।

बिज्ञापन

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी मंगलबार दिउँसो ३ गते संघीय संसद्‌मा राष्ट्रपति रामचन्द्र पौडेलबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने निर्णय गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संविधान र कानूनको व्यवस्थाबमोजिम आगामी मंगलबार दिउँसो ३ बजे बस्ने संघीय संसद्‌को बैठकमा राष्ट्रपति पौडेलले प्रस्तुत गर्ने जानकारी दिइन् ।

बिज्ञापन

यसैगरी अन्तर्राष्ट्रिय स्तरको क्रिकेट, कराते, तेक्वान्दो र कबड्डी प्रतियोगितामा विजयी खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी ४२ जनालाई पुरस्कार र सम्मान दिने निर्णयसमेत बैठकले गरेको प्रवक्ता शर्माले बताइन् । समाज कल्याण परिषद्को उपाध्यक्षमा सुनसरीका नन्दलाल माझी र भाषा आयोगको सदस्यमा काठमाडौंका सुरेश मानन्धर नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको छ ।

सरकारले डीआइजीद्धय उमेशराज जोशी र भीमप्रसाद ढकाललाई (एआईजी) प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गरेको छ । आज सिंहदरबारमा बसेको क्याविनेट बैठकले डीआइजीद्धय जोशी र ढकाललाई एआईजीमा बढुवा गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

धुलिखेलमा पहिरोपीडितको घरबाट सामान सुरक्षित स्थानमा सारियो

काठमाडौंका प्रमुख राजमार्गहरू एकतर्फी सञ्चालनमा

बिपी राजमार्ग सुचारु हुन ढिलाइ, वैकल्पिक सडक पनि जोखिममा

आइतबार र सोमबार बिदा दिने सरकारको निर्णय

राष्ट्रका लागि लड्ने क्याप्टेन, जीवनका लागि एक्लै योद्धा

दलिय कर्मचारी संगठनको दादागिरी : वरिष्ठ अधिकृत हटाइ युनियन सल्लाहकारलाई प्रमुख बनाउन दबाब

भिषण वर्षाको जोखिमबीच दुई दिन सार्वजनिक बिदा दिन कर्मचारीको सुझाव

भारी वर्षासँगै राजमार्ग अवरुद्ध हुने सम्भावना : सडक विभागको सतर्कता अपिल

बिशेष