चक्रले छाडेको ठाउँमा सहसचिवत्रयको चर्चा

पर्यटन विभागको महानिर्देशकमा  दुई रुद्र नाम गरेका सहसचिवको चर्चा चल्न थालेको छ । हालैमात्र त्यहाँका महानिर्देशक चक्रबहादुर बूढा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् मातहतको कार्यालय राजश्व अनुसन्धान विभागको महानिर्देशक बन्न पुगेसँगै रिक्त हुन पुगेको महानिर्देशकको कुर्सीमा दुई रुद्रको चर्चा चल्न थालेको छ ।
गत माघमा मात्र अध्यागमनको महानिर्देशकको कुर्सीबाट निलम्बनमा परेका रुद्रमान सिंह तामाङ वा वालकुमारी घटना पछि गृहमा तानिएका रुद्र पण्डितमध्ये एकलाई लैजान लागिएको पर्यटन मन्त्रालय निकट स्रोतक दावी छ ।

बिज्ञापन

रुद्र यस अघि पनि पर्यटन विभागको महानिर्देशक चलाइसकेका कर्मचारी हुन । जतिखेर उनी अध्यागमन विभागको महानिर्देशको कुर्सीमा थिए । त्यही समयमा अख्तियारले उनीविरुद्ध भ्रष्टाचार मुद्धा चलायो । मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तामाङलाई समेत भ्रष्टाचार मुद्धा चलाएको थियो । काठमाडौँ महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत हुँदा मेलम्ची खानेपानी विकास समितिका सदस्य थिए । तामाङ हाल गृह मन्त्रालय मातहतको अध्यागमन विभागका महानिर्देशक छन् । उनीविरुद्ध ११ करोड ९ लाख १७ हजार रुपैयाँ बिगो मागदाबी गरेकोमा विशेष अदालतले उनलाई ५० हजार धरौटीमा छाड्न आदेश दिइसकेको छ ।

बिज्ञापन

उता बालकुमारी काण्ड पछि ललितपुरको प्रमुख जिल्ला अधिकारी रुद्र पण्डितलाई ललितपुरको प्रमुख जिल्ला अधिकारीबाट गृहमा तानिएको थियो । कोरिया जानका लागि चाहिने रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा दिन नपाएका युवाहरूको प्रदर्शनसँग भएको झडप र दुई जनाको मृत्यु प्रकरण पछि उनलाई ललितपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी खोसेर गृहमा तानिएको थियो । यी दुईमध्ये रुद्रमान सिंहकै बढी सम्भवना रहेको पर्यटनका कर्मचारीहरु बताउँछन् कारण पर्यटन मन्त्री पनि नुवाकोटकै,रुद्रमान तमाङ पनि सोही जिल्लाकै र जनजाती भएका कारण यो अवसर उनैले बढी पाउन सक्ने बताइएको छ । यस्तै त्यहाँ जान सक्ने अर्काे प्रवल दावेदारका रुपमा हेरिएको सहसचिव हुन हेमराज तमाङ,उनी अहिले पर्यटन मन्त्रालयको कप्र शाखामा छन् ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चार दर्जन बढी सहसचिव सरुवाको सूची क्याविनेटमा पठाएको छ । अबको एक साताभित्रै ठस्लो संख्यामा सहसचिवको सरुवा हुँदैछ । त्यही लटमा दुई रुद्र वा हेमराजमध्ये एक पर्यटन विभागमा आउन सक्ने चर्चा पर्यटन विभागमा सुन्न पाइन्छ ।

रोचक कुरा,चक्र बुढा पुल्चोकस्थित राजश्व अनुसन्धान विभागमा हाजिर हुन थालेको चार दिन बितिसक्दा समेत पर्यटन विभागले उनको नाम प्लेट हटाउने फुर्सद पाएको छैन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रास्वपा निर्वाचनमा गुटबन्दीको असर : पदाधिकारीमा असिमबाहेक सबै संस्थापन पक्षका

निजामतीमा राजीनामाको लहर : ९ दिनमै ७१ कर्मचारीको राजीनामा

कमलपोखरीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बाहिनी अभ्यास सम्पन्न

रास्वपा केन्द्रीय सदस्यमा पराजित भए श्रममन्त्री

महानिर्देशकले टेरेनन् बालेन सरकारको निर्देशन

गृहमन्त्रीको अम्लेटमा माछाको काँडा,सहायक सिडियोको खानामा सङ्खे कीरा

स्थानीय सरकार: खर्चमा अघि, आयमा पछि

गृहको रिर्पोट कार्ड : कासमूमा मनाङ अब्बल,सबैभन्दा कमजोर धनुषा र काठमाडौं

बिशेष