समानिकरणको अनुदान निकास नभए सिहदरबार घेरिन्छ : अध्यक्ष ढुंगाना

नेपाल नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगानाले  स्थानीय सरकारलाई दिने समानीकरण अनुदान निकास नभए सिंहदरबार घेर्ने चेतावनी दिएका छन् । बिहिबार लुम्बिनी प्रदेश कार्यालय बुटवलले गरेको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष ढुंगानाले सम्झौता भईसकेका आयोजनाहरु अहिले अन्तिममा आएर अनुदान कटौती गर्ने निर्णय कुनै हालतमा स्वीकार गर्न नसकिने बताए ।
निलकण्ठ नगरपालिकाका प्रमुख समेत रहेका ढुंगानाले प्रधानमन्त्री पुुष्प कमल दाहाल र अर्थमन्त्री वर्षमान पुनलाई नेपाल नगरपालिका संघ र गाउँपालिका महासंघको तर्फबाट पटक पटक रकम निकासाका लागि आग्रह गरेको बताए । उनले भने, प्रधानमन्त्रीले रकम निकासा हुन्छ भनेकाले त्यस कुरामा विश्वास गरेको भन्दै अब जेठ पहिलो हप्ता सम्म पनि रकम निकासा नभए ७५३ वटै पालिकाका जनप्रतिनिधिहरुले सिंहदरबार घेर्ने चेतावनी समेत दिए ।
हामीलाई अझै पनि विश्वास छ सम्माननिय प्रधानमन्त्रीले वचन दिएअनुसार रकम निकासा हुन्छ यदि जेठ पहिलो हप्तासम्म पनि रकम निकास नभए जेठको दोस्रो हप्ता देखि सिहंदरबार केन्द्रीत आन्दोलन हुन्छ ।

बिज्ञापन

अध्यक्ष ढगांनाले स्थानीय सरकारका जनप्रतिनिधिहरुलाई समेत आन्दोलनका लागि काठमाडौमा जानुपर्ने हुन सक्ने भन्दै तयारी अवस्थामा रहन आग्रह समेत गरे । यदि रकम निकासा भएन भने जेठको दोस्रो हप्ता काठमाडौं आउनुपर्ने हुन्छ म सबै स्थानीय सरकार प्रमुखहरुलाई समेत त्यसको तयारी गर्न गर्दछु । उनले संघीय र प्रदेश सरकारलाई संविधान विपरित नजान समेत चेतावनी दिए ।र

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सात हजार थान भेप बरामद

अख्तियारलाई पाँच घण्टा होइन, चाहियो भने पाँच वर्ष राखेर प्रश्न सोध्छौं : प्रधानमन्त्री बालेन

भिआइपी जोडिएको ई पासपोर्ट : परराष्ट्रकै २ दर्जन कर्मचारी भ्रष्टाचारमा तानिँदै

जावलाखेल चिडियाघरको बर्डफ्लु प्रकरण : सूचना लुकाइयो कि बलिको बोको बनाइयो ?

राहदानी छपाइ अनियमितता अनुसन्धानमा पूर्वमन्त्री श्रेष्ठसँग अख्तियारको सोधपुछ

वाणिज्य नीति : सरकारी निकायमा स्वदेशी वस्तु प्रयोग गर्ने व्यवस्था

पूर्वाधार विकास मन्त्रालयमा दुई सचिवको प्रस्ताव

प्रधानमन्त्री कार्यालयमा निर्वाचन आयोग पदाधिकारी पनि अपमानित, बोलाएर गेटबाटै दिइएन प्रवेश

बिशेष