निजामती कर्मचारीहरुलाई छात्रवृत्तिमा वैदेशिक अध्ययनको अवसर

संघीय मामिला तथा सामान्य प्रशासन प्रशासनले छात्रवृत्तिमा चीनमा गएर अध्ययन गर्न चाहने कर्मचारीसँग दरखास्त आह्वान गरेको छ । चीन सरकारबाट प्राप्त स्नातकोत्तर र पिएचडी अध्ययन छात्रवृत्ति कार्यक्रमका लागि इच्छुक र योग्य कर्मचारीबाट दरखास्त आह्वान गरिएको हो ।

बिज्ञापन

एक बर्षे र दुई बर्षे गरी  ३८ वटा  फरक फरक कार्यक्रमका लागि  चीन सरकारले छात्रवृत्तिका नेपालका कर्मचारीहरु लैजान लागेको छ ।छात्रवृत्ति कार्यक्रम सबै निकायका लागि खुला गरिएको मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

मास्टर्स प्रोग्राम इन पब्लिक पोलिसी, पब्लिक एडमिनिस्ट्रेशन, उर्बन एण्ड रुरल प्लानिङ्ग, ट्राफिक एण्ड ट्रान्सपोर्टेशन इञ्जिनियरिङ, फोरेस्ट इकोनोमी एण्ड पोलेसी, बिजनेश एड्मिनिस्ट्रेशन, एजुकेशनल म्यानेजमेण्ट एण्ड पोलिसिज, टुरिजम एण्ड होटल म्यानेजमेण्ट, इन्डस्ट्रियल इञ्जिनियरिङ, इन्फरमेशन एण्ड कम्युनिकेशन इञ्जिनियरिङ, पब्लिक डिप्लोमेशी, इन्टरनेशनल बिजनेश, पब्लिक हेल्थ लगायतका बिषयमा स्नातकोत्तर र पिएचडी अध्ययन कार्यक्रमका लागि मन्त्रालयले सबै निकायलाई पत्राचार गर्दै उक्त कार्यक्रमका लागि उपयुक्त कर्मचारी मनोनियन गरी उनीहरुको नाम, सम्पर्क नम्बर र ईमेल ठेगाना अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखामा पठाउन सूचित गराएको छ ।

मनोनयन गर्दा सम्बन्धित सेवा, समूह र श्रेणीभित्रका समावेशी महिला, आदिवासी–जनजाति, मधेशी, दलित, अपाङ्ता भएका, पिछडिएका क्षेत्र, हालसम्म अवसर नपाएका, दुर्गममा सबैभन्दा बढी समय काम गरेका कर्मचारीलाई प्राथमिकता दिन सूचनामा भनिएको छ ।

बिज्ञापन

मन्त्रालयका अनुसार चीनले यकिन संख्या भने खुलाएको छैन् ।

https://mofaga.gov.np/detail/3189

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रास्वपा निर्वाचनमा गुटबन्दीको असर : पदाधिकारीमा असिमबाहेक सबै संस्थापन पक्षका

निजामतीमा राजीनामाको लहर : ९ दिनमै ७१ कर्मचारीको राजीनामा

कमलपोखरीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बाहिनी अभ्यास सम्पन्न

रास्वपा केन्द्रीय सदस्यमा पराजित भए श्रममन्त्री

महानिर्देशकले टेरेनन् बालेन सरकारको निर्देशन

गृहमन्त्रीको अम्लेटमा माछाको काँडा,सहायक सिडियोको खानामा सङ्खे कीरा

स्थानीय सरकार: खर्चमा अघि, आयमा पछि

गृहको रिर्पोट कार्ड : कासमूमा मनाङ अब्बल,सबैभन्दा कमजोर धनुषा र काठमाडौं

बिशेष