निजामती कर्मचारीहरुलाई छात्रवृत्तिमा वैदेशिक अध्ययनको अवसर

संघीय मामिला तथा सामान्य प्रशासन प्रशासनले छात्रवृत्तिमा चीनमा गएर अध्ययन गर्न चाहने कर्मचारीसँग दरखास्त आह्वान गरेको छ । चीन सरकारबाट प्राप्त स्नातकोत्तर र पिएचडी अध्ययन छात्रवृत्ति कार्यक्रमका लागि इच्छुक र योग्य कर्मचारीबाट दरखास्त आह्वान गरिएको हो ।

बिज्ञापन

एक बर्षे र दुई बर्षे गरी  ३८ वटा  फरक फरक कार्यक्रमका लागि  चीन सरकारले छात्रवृत्तिका नेपालका कर्मचारीहरु लैजान लागेको छ ।छात्रवृत्ति कार्यक्रम सबै निकायका लागि खुला गरिएको मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

मास्टर्स प्रोग्राम इन पब्लिक पोलिसी, पब्लिक एडमिनिस्ट्रेशन, उर्बन एण्ड रुरल प्लानिङ्ग, ट्राफिक एण्ड ट्रान्सपोर्टेशन इञ्जिनियरिङ, फोरेस्ट इकोनोमी एण्ड पोलेसी, बिजनेश एड्मिनिस्ट्रेशन, एजुकेशनल म्यानेजमेण्ट एण्ड पोलिसिज, टुरिजम एण्ड होटल म्यानेजमेण्ट, इन्डस्ट्रियल इञ्जिनियरिङ, इन्फरमेशन एण्ड कम्युनिकेशन इञ्जिनियरिङ, पब्लिक डिप्लोमेशी, इन्टरनेशनल बिजनेश, पब्लिक हेल्थ लगायतका बिषयमा स्नातकोत्तर र पिएचडी अध्ययन कार्यक्रमका लागि मन्त्रालयले सबै निकायलाई पत्राचार गर्दै उक्त कार्यक्रमका लागि उपयुक्त कर्मचारी मनोनियन गरी उनीहरुको नाम, सम्पर्क नम्बर र ईमेल ठेगाना अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखामा पठाउन सूचित गराएको छ ।

मनोनयन गर्दा सम्बन्धित सेवा, समूह र श्रेणीभित्रका समावेशी महिला, आदिवासी–जनजाति, मधेशी, दलित, अपाङ्ता भएका, पिछडिएका क्षेत्र, हालसम्म अवसर नपाएका, दुर्गममा सबैभन्दा बढी समय काम गरेका कर्मचारीलाई प्राथमिकता दिन सूचनामा भनिएको छ ।

बिज्ञापन

मन्त्रालयका अनुसार चीनले यकिन संख्या भने खुलाएको छैन् ।

https://mofaga.gov.np/detail/3189

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

लिजको जग्गा धितो राखेर डेढ अर्व ऋृण,किन हुँदैन छानबिन ?

शासकलाई हाइसञ्चो,प्रशासकलाई दोव्वर जरिवाना

विशेष समितिसँग खतिवडाको बयान : ‘कर्मचारीले षडयन्त्र र विश्वासघात गरे’

सार्वजनिक विदामा समेत सम्पत्ति विवरण बुझाउन सकिने : राष्ट्रिय किताबखानाको नयाँ व्यवस्था

नयाँ आर्थिक बर्षदेखि कर्मचारी सञ्चयकोषको नयाँ व्याजदर

भुमिकामा साहित्यकार अनामणि

काँग्रेस- एमालेका कर्मचारी नेता भ्रष्टचारी ठहर,माओवादीको निलम्वित

हाँसोको पुनर्जन्म

बिशेष