विदेश भ्रमणमा रहेका उपेन्द्रलाई दोस्रो सरप्राइज

स्वास्थ्यमन्त्री उपेन्द्र यादव गत १६ वैशाखमा अमेरिका उडे । अप्रिल ३० देखि मे ३ तारिखसम्म यूएन सेक्रेटरियट न्यूयोर्कमा हुने विश्व जनसंख्यासम्बन्धी सम्मेलनमा नेपाल सरकारको प्रतिनिधिका रूपमा सहभागी हुन उनी मेरिका प्रस्थान गरेका थिए । ७ मे अर्थात भोलि मात्र उपेन्द्र यादवको स्वदेश फर्किने कार्यक्रम थियो तर यही बीचमा उनको पार्टीमा ठूलो भुकम्प गएको छ । १२ जना सांसद रहेका जसपाबाट ७ भाइ अलग भएका छन् । यो सँगै उनको उपप्रधान तथा मन्त्री पद पनि गुम्ने स्थितिमा पुगेको छ । पूर्व शिक्षामन्त्री अशोक राईको नेतृत्वमा नयाँ दल दर्ताका लागि सांसदहरू निर्वाचन आयोग पुगेका,७ सांसदले दिएको निवेदन निर्वाचन आयोगमा दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । सो पार्टीका १२ मध्ये सात सांसद पार्टी विभाजनका लागि अहिले निर्वाचन आयोगमा पुगेका हुन । अशोक राईको नेतृत्वमा पूर्व वनमन्त्री बीरेन्द्र महतोका अलावा प्रदीप यादव, नवलकिशोर साह सुडी, सुशीला श्रेष्ठ, हसिना खानुत, रञ्जु ठाकुर छन् ।

बिज्ञापन

रोचक चाहिँ जसपा पार्टी गठन भए यताको चार बर्षमा तीन पटक टुक्रिएको छ । २०७८ भदौ १ गते महन्थ ठाकुर, राजेन्द्र महतोलगायत नेताहरूले जसपा नेपालबाट विभाजित भई नयाँ पार्टी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निर्माण गरेर शुरु गरेको विद्रोह उपेन्द्र यादव अमेरिका पुगेको समयमा फेरि देखिएको थियो । पार्टी गठन भएको बर्ष दिन पछि पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, महिन्द्र यादवलगायत नेताहरू जसपाबाट अलग भई नेपाल समाजवादी पार्टी (नेसपा) गठन गरेका थिए। अहिले तेश्रो पटक जसपा टुक्रिएको हो ।

बिज्ञापन

यो पटकको विभाजनमा उपेन्द्रको उपप्रधान र स्वास्थ्यमन्त्रीको कुर्सी पनि खोसिने सम्भवना प्रवल रहेको छ । उनलाई हटाएर विरेन्द्र महतोलाई उपप्रधान तथा स्वास्थ्य मन्त्री बनाउने तयारी भइरहेको छ ।

उसो त उपेन्द्र यादवले अहिलेमात्र यस प्रकारको सरप्राइज पाएका होइनन् । जतिखेर केपी शर्मा ओली नेतृत्वको सरकार थियो । त्यतिबेला उनी स्वास्थ्यमन्त्रीको हैसियतमा भारत पुगेका थिए । उनी स्वास्थ्यमन्त्रीको हैसियतले भारथत पुगेका थिए फर्कदा कानुनमा सारिएका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अवकाशपछि मुद्दा चलेर भ्रष्टाचारमा दोषी ठहर भए पनि पेन्सन दिने प्रस्ताव

स्थानीय तहका कर्मचारीद्वारा पनि आन्दोलन घोषणा

राप्रपाको प्रदर्शनबारे गृह मन्त्रालयको चेतावनी

अन्तर प्रदेश सरुवाको विपक्षमा मुख्यसचिव,कर्मचारीबाट चर्काे आलोचना

उच्च प्रशासकलाई आफ्नै सुर्ता,कस्ले बुझ्छ तल्ला तहका कर्मचारीको मर्का ?

गभर्नर नियुक्तिमा नयाँ मोड :-देउवा बोक्ने,निलमले रोक्ने

ओलम्पिक कमिटीको नयाँ कार्यसमितिले पायो आइओसीबाट मान्यता

सहसचिवको अन्तिम नतिजा सार्वजनिक

बिशेष