सामाचार स्रोत प्रहरी हिरासतमा, प्रकाशक र सम्पादक तारेखमा

पत्रकारको पहिलो धर्म हो समाचार स्रोतको संरक्षण गर्नु तर सिधा कुराको द डार्क फाइल कार्यक्रम सञ्चालकहरुका कमजोरीका कारण समाचार स्रोत नै प्रहरी हिरासतमा पुगेका छन् । उक्त कार्यक्रममा अख्तियारद्धारा स्टिङ अप्रेसनमा डामिएका ४ सय भन्दा बढीको मुद्धा बचाउन करोडौंको डिल भएको टेप प्रकरण सार्वजनिक भएसँगै यो प्रकरण अदालत पुगेको थियो । सिधाकुराका प्रकाशक युवराज कँडेलले सर्वोच्च अदालतको इजलासमा अदालतको अवहेलनाको मुद्दामा बयान दिने क्रममा तिमल्सिनालाई पोलेका थिए ।

बिज्ञापन

सर्वोच्च अदालतले अनलाइन तथा युट्युब च्यानल सिधाकुरालाई विवादित टेप उपलब्ध गराउने राजकुमार तिमिल्सिनालाई थुनामा पठाइएको छ।

बिज्ञापन

न्यायाधीशद्वय हरि फुयाँल र महेश शर्मा पौडेलको इजलासले इजलासले बयान नसकिएको भन्दै थुनामा पठाउने आदेश गरेको हो। उनलाई भोलि बिहान १० बजे उपस्थित गराउन आदेश दिँदै उनलाई प्रहरीको जिम्मा लगाएको छ ।
आदेशमा भनिएको छ,‘यस अदालतको आदेशानुसार आज बयानका लागि उपस्थित हुन आउनुभएका राजकुमार तिमिल्सिनाको बयान कार्य प्रारम्भ भएको तर सम्पन्न हुन नसकेकाले मिति २०८१–१–२४ गते १० बजे उक्त बयानलाई निरन्तरता दिने प्रयोजनका लागि निजलाई उपस्थित गराउने गरी यस अदालतका रजिष्ट्रारमार्फत प्रहरीलाई जिम्मा लगाउनु ।’

त्यस्तै, अनलाइनका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालाई पनि भोलि बिहान १० बजे उपस्थित हुन भनिएको छ । ‘द डार्क फाइल’ शृंखलाअन्तर्गत प्रसारित अडिओ र त्यसका आधारमा उत्पादित अन्य सामग्री विवादित भएपछि सर्वोच्चले सिधाकुरा टिममाथि कारबाही अघि बढाएको थियो। सर्वोच्चले ती विवादित सामग्री २४ घण्टाभित्र हटाउन भनेको थियो। सिधाकुरा टिमले भने त्यसअघि नै युट्युबबाट सामग्री हटाइसकेको थियो।
यस्तै उक्त अडिओबारे फौजदारी कसुरमा कारबाही अघि बढाएर १५ दिनभित्र प्रगति प्रतिवेदन दिन पनि सर्वोच्चले प्रहरी महानिरीक्षकका नाममा आदेश जारी गरिसकेको छ।

बिज्ञापन

पत्रकार आचार संहिता अनुसार समाचार स्रोतको संरक्षण र गोप्य राख्नुपर्ने भए पनि समाचार स्रोतलाई पोलिदिएपछि समाचारको स्रोतलाई सर्वोच्च अदालतले प्रहरी हिरासतमा पठाएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

सचिवको कमाण्डमा ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ स्थापना

निजामती सेवामा अवकाश: तथ्य, भ्रम र भविष्य

‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो संस्करण साउन २९ गते

अघि बढ्यो सचिव बढुवा प्रक्रिया : यी हुन बढुवाका लाइनमा रहेका बरिष्ठहरु

चार सहसचिवको आन्तरिक सरुवा,एडिबीको कार्यकारी निर्देशकमा धनीराम

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

बिशेष