२३ बर्ष अर्थमा बसेर २ करोड २५ लाख भ्रष्टाचार,विशेषबाट सफाइ

जागिरे जीवनका २३ बर्षसम्म अर्थमा बसेर अवकाशमा गएका रअकुत आर्जनको मुद्धा खेपिरहेका पूर्व नासु रघुनाथ घिमिरेले भ्रष्टाचार मुद्धामा सफाइ पाएका छन् । जनार्दन शर्मा अर्थमन्त्री हुँदा बजेट निर्माण अनधिकृत रूपमा करका दर हेरफेरमा मुछिएका पूर्वनासु रघुनाथ घिमिरेलाई विशेष अदालतले क्लिन चिट दिएको हो । २०७९ जेठ १४ को मध्यराति अर्थ मन्त्रालय पुगेर मन्त्री र बिचौलियार र व्यापारीको स्वार्थअनुसार बजेटमा कैंची चलाएको आरोप थियो उनीमाथि । तत्कालीन अर्थमन्त्री शर्मा, अर्थ सचिव मधु मरासिनीहरुले उनलाई जोगाउँदै आएका थिए ।

बिज्ञापन

उनै घिमिरेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग ७९ चैत्र २० मा रघुलाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्धा दायर गरेको थियो । २०५२ कात्तिक २८ देखि सार्वजनिक सेवमा प्रवेश गरेका घिमिरेसँग अवैद्य सवा २ करोड रुपैंया मागदावी गर्दै अख्तियार विशेषमा पुगेकोमा १३ महिनापछि विशेष अदालतले उनलाइ सफाइ दिएको हो । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–९० स्थायी बासिन्दा हुन । हाल कलंकीमा बस्दै आएका उनी ०५२ कात्तिक २८ मा नेपाल औद्योगिक विकास निगमको मासिक ज्यालादारीमा ‘जुनियर अफिस असिस्टेन्ट’ बाट सरकारी सेवामा पाइला राखेका थिए । ०५३ जेठ २ मा खरिदार पदमा स्थायी नियुक्ति पाएका उनी जिल्ला विकास समितिको कार्यालय नुवाकोट(गाविस सचिव) भएर १० महिना काम गरे । त्यस यता अर्थ मन्त्रालय मातहत रहेर काम गरेको भेटिन्छ ।

बिज्ञापन

आन्तरिक राजस्व विभाग लाजिम्पाट, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, कञ्चनपुर भन्सार कार्यालय, राजस्व अनुसन्धान विभाग हरिहर भवन हुँदै पछिल्लो पटक भन्सार विभागमा रहेका उनले २०७५ साउन १ देखि लागू हुने गरी राजीनामा दिएका थिए । उनले श्रीमतीका नाममा १४ वटा कम्पनी स्थापना गरेको र सवा २ करोडको स्रोत नखुलेको भन्दै अख्तियारले उनलाई प्रतिवादी बनाएर मुद्धा चलाएको थियो । उनका नाममा काठमाडौं फर्पिङमा एक रोपनीभन्दा बढी जग्गा,०७८ कात्तिकसम्म काठमाडौंमा चार ठाउँ र रूपन्देहीको आनन्दवनमा जग्गा किनेको मालपोतको विवरणबाट भेटिन्छ भने काठमाडौंको कलंकीमा घर बनाएका छन् । जसको वैध स्रोत पुष्टि हुँदैन । यो अवधिमा रूपन्देही र काठमाडौंका तीन ठाउँमा जग्गा बिक्री गरेको भेटिएको भन्दै अख्तियार विशेष अदालतमा पुगेकोमा विशेषले गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा रघुनाथ र उनकी श्रीमती शारदा गौतमलाई समेत सफाइ दिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निजामती सेवा विद्येयकको मस्यौदाप्रति कर्मचारीको आपत्ति,दफा १,२,२८,१२१,१३५ संशोधनको माग

चार सह सचिवको जिम्मेवारी हेरफेर,दुई विभाग रिक्त

सरकारी कार्यक्रमहरू होटल तथा रिसोर्टमा गर्न नपाइने

३० हजार घुससहित खाद्य प्रविधिका प्राविधिक सहायक सन्जय चौधरी पक्राउ

निजामती विधेयकको मस्यौदामा ३ हजार बढी सुझाव,प्रशासन सुधार महाशाखा प्रमुखले गर्दैछन् विश्लेषण

कांग्रेसबाट प्रत्यक्षमा जित्ने एक्ली महिला बासना,अब पार्टी प्रमुख सचेतक

यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

सशस्त्र प्रहरीको महानिरीक्षकमा पौडेल

बिशेष