राजेश्वरका प्यारा पुगे आन्तरिक राजश्व,डिजीको सचिवालयबाट उद्यमी र कर्मचारी हैरान

एउटा सुब्बाले सिंगो विभागका हाकिमहरुलाई हल्लाइदिन्छन् भन्दा पत्याउन गाह्रै पर्ला । तर यस अघि पुल्चोकमा बसेर विभागका उच्च पदस्थदेखि व्यापारीहरुलाई हायल कायल खेलाउने,उठाउने धन्दामा सीपालु मानिएका एक कम्युटर अपरेटर अहिले लाजिम्पाट पुगेका छन् । त्यहाँ पुगेर पनि उच्च पदस्थ कर्मचारी,ठूला व्यापारीहरुलाई हत्तु खेलाउँदै छन् । ती कर्मचारीले त्यहाँ पुगेको महिना दिनमै कर्मचारी,उद्योगीदेखि व्यापारीहरुलाई त्राहिमाम पारेका विभागका कर्मचारीहरुले जनाएका छन् ।

बिज्ञापन

सुब्बा तहको कर्मचारीको पावर र हैसियत यतिसम्म छ कि उस्ले मर्यादाक्रममा आफूभन्दा धेरै माथि रहेका मन्त्री,सचिवदेखि सहसचिवसम्मले गरेका निर्णयलाई पानीको फोका’ झैं क्षणभरमै उल्टाउँदै आएका थिए । अहिले विभागका कर्मचारीहरुलाई टेर्ने छाडेको र व्यापारीहरुलाई गन्न छाडेको कर्माचारीहकै आरोप छ । यस्ता जब्बर कर्मचारीलाई न त कुनै ऐन, कानुन आकर्षित हुन्छ । कसैले छुन वा चलाउन सक्छ । न त कुनै परिपत्रले केही लछार्न सक्छ रु यहीबाट प्रष्ट हुन्छ हाम्रो कर्मचारीतन्त्र ऐन,कानुनले कम र ‘डनतन्त्र’ले बढी चलिरहेको छ ।
पद सानो तर पावर र पहुँच डनतन्त्र देखाउने शक्तिशाली कम्युटर अपरेटर हुन, ध्रुव भण्डारी,राजपत्र अनकिंत प्रथम श्रेणीका कर्मचारी । कर्मचारी संकेत नम्बर,१९५२८१ रहेका उनी यस अघि लामो समय ठूला करदाता कार्यालय,ललितपुरमा डाटा इन्ट्री सुपरभाइरजरका रुपमा कार्यरत रहे । त्यहाँका हाकिम राजेश्वर ज्ञवाली हुँदा उनकै हर्ताकर्ता बनेर काम गरे । राजेश्वर त्यहाँबाट सरुवा भएर अहिले महालेखा नियन्त्रकको कार्यालयमा पुगेका छन् । लामो समयसम्म उक्त कार्यालयमा हाकिमहरुका दाहिने हात बनेर काम गरेका कर्मचारी हुन भण्डारी ।

बिज्ञापन

यस अघि राजेश्वर नै हाकिम हुँदा भण्डारीलाई त्यहाँबाट सरुवा गरेर महालेखा नियन्त्रक कार्यालय वा अन्तरगत पठाएको थियो । तर आठ महिनासम्म सुब्बा तहका कर्मचारीलाई जोगाएर र बोकेरै बसे राजेश्वरले । राजेश्वर त्यहाँबाट सरुवा भएर हिडेको केही समयपछि नै ध्रुव सरुवामा परे । उनको सरुवा अर्को आकर्षक र मालदार कार्यालय मानिएको आन्तरिक राजश्व कार्यालयमा भयो । यो कार्यालयमा बर्षमान पुन अर्थमन्त्री भएसँगै वनबाट तानेर  शिवलाल तिवारीलाई त्यहाँ डिजीको रुपमा खटाइएको छ । ध्रुवलाई पनि अहिले उनै डिजीको सचिवालयमा बस्ने जिम्मेवारी दिएर पुल्चोकबाट लाजिम्पाटतिर पु¥याइएको हो । ध्रुवको सरुवामा अर्थ मन्त्री बर्षमान पुनका नातेदार,अर्थकै कर्मचारी प्रशासन महाशाखाका एक जना उपसचिवका जोडवलमा ठूला करदाता कार्यालयबाट आन्तरिक राजश्वमा हाकिमको सचिवालयमा खटाएका हुन । त्यहाँका कर्मचारी चाहिँ ध्रुवलाई छाँया डिजीको संज्ञा दिने गरेका छन् ।
महानिर्देशकको सचिवालयमा बसेर ध्रुवले उद्यमी,व्यापरी र कर्मचारीलाई त्राहिमाम पारेको बिषयमा शिवलाल तिवारीसँग प्रतिक्रिया माग्दा भने,

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

खाँडादेवी गाउँपालिकाका प्राविधिकहरूद्वारा सामूहिक राजीनामा

को बन्लान ३० औं मुख्य सचिव,यी हुन १० प्रवल दाबेदार

मन्त्रालयको सहजीकरण टोली असफल,२८ स्थानीय तहले ल्याउन सकेनन समयमा बजेट

बालेन सरकारले अब १५ दिनमै ६५ प्रतिशत पूँजीगत खर्च गर्नुपर्ने

आठ विश्वविद्यालयले पाउँदैछन् नयाँ नेतृत्व

अनुभवी सचिवको खोजीमा मन्त्री

रास्वपा निर्वाचनमा गुटबन्दीको असर : पदाधिकारीमा असिमबाहेक सबै संस्थापन पक्षका

निजामतीमा राजीनामाको लहर : ९ दिनमै ७१ कर्मचारीको राजीनामा

बिशेष