संघीयता कस्तो ‘गलगाँण’ भयो भने दरबन्दी छ,कर्मचारी छैनन, संघले खटाइएका कर्मचारी जनप्रतिनिधि लिन मान्दैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालैमात्र लोकसेवा उत्र्तिण गरेका फ्रेस ३० अधिकृतलाई विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाएकोमा १६ मन्त्रालयमै फिर्ता भएका छन् । मंगलबार बिहानसम्ममा फिर्ता हुने फ्रेस अफिसरको संख्या १६ पुगेका छ । लोकसेवा भिडेर नाम निकालेका, स्थानीय तहलाई फोकस गरेर तालिम र प्रशिक्षण पनि लिएका कर्मचारीमा ज्ञान छैन भन्दै कतिपय पालिकाले संघीय सरकारले खटन पटन गरेका हाकिमलाई धमाधम फिर्ता गराउन थालेपछि सामान्यको टाउको दुखाई शुरु भएको छ । सामान्य प्रशासनले दुई साता अघिमात्र लोकसेवा लडेर अधिकृतमा उक्लिएका ८२ मध्ये ३० फ्रेस शाखा अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा स्थानीय तहमा खटाएको थियो,वैशाख ४ गते ।
बिज्ञापन
सामान्य प्रशासनले सबिन सिंह चौधरीलाई मायादेवी गाउँपालिका, अमर जिसीलाई मालारानी गाँउपालिका,मुक्ति पौडेललाई बडिगाँउ गाँउपालिका,तुर्माखाँद गाँउपालिकामा द्रुवप्रसाद अधिकारी,अर्जुनकुमार राउतलाई भुम्लु गाँउपालिकामा खटाइएको थियो ।यस्तै विवेक रणपाल परियारलाई मर्स्याङ्दी गाँउपालिका,महाशिला गाँउपालिकामा अभिनय अधिकारी,चामे गाँउपालिकामा विनोद रेग्मी,रोशी गाँउपालिकामा शिवप्रसाद भन्तनाको पदस्थापन गरेको थियो । यस्तै,मोतिप्रसाद अधिकारी धौलागिरी,आर्दश गाँउपालिकामा पदमराज अवस्थी, शिवालय गाँउपालिका रामु ज्ञवाली,खानीखोला गाँउपालिकामा जिवन गैरे खटाइएको छ ।
बिज्ञापन
यस्तै,कुमाख गाँउपालिकामा समिर गौतम,काइके गाँउपालिकामा गोपाल शाही,कनकासुन्दरीमा दिपेन्द्र भण्डारी,माडी गाँउपालिकामा यज्ञबहादुर भण्डारीको पदस्थापन भएको छ ।यस्तै,लिंसखुपाखरमा समिता थापा,मारिङदेनमा भिमबहादुर सुब्बा,पूर्वीचौकीमा विक्रम श्रेष्ठ,जलजलामा लोकराज खत्री,शर्मिला पौडेल हेलम्बु,हिमाल डगौरा के आइ सिंह पालिका,निसिखोला जिवन पुनमगर,पर्सा युगेशकुमार यादव,विकास विक सिदिङ्वा,तिलाठी कोइलाडीमा सरोजकुमार कर्णको पदस्थापन भएको थियो भने अमितकुमार साह रामनगर,पवनकुमार केशरी वागमती,जुनीचौदी गाँउपालिकामा हर्कबहादुर शाही र विष्णुपुर गाँउपालिकामा सन्तोष रायको पदस्थापन गरिएकोमा आधाजस्तो अफिसरहरु स्थानीय तहका जनप्रतिनिधिले हाजिरै गर्न दिएनन भन्दै मन्त्रालयमा फिर्ता भएका हुन । जसमध्ये १६ जनालाई हाजिर हुनै नदिए पछि सिंहदरबारमा फर्किएका छन् । खटाइएकोमध्य ५ अधिकृत खटाएको ठाउँमा जानै नमान्दा उस्तै समस्या छ ।
यसरी फिर्ता भएका अधिकृतहरुमा सप्तरीको विष्णुपुर गाउँपालिकामा खटाएको सन्तोष राय,बागमती गाउँपालिका (मकवानपुर) खटिएका पवन केशरी, तिलाठी कोईलाडीमा पठाइएका सरोज कुमार खड्कादेखि रामनगर गाउँपालिकामा पुगेका अमित कुमार साह, लमजुङको मस्र्याङ्गदी गाउँपालिकामा खटाइएका विवेक परियार,सल्यानको कुमाखको गाउँपालिका पठाइएका समीर गौतम लगायत छन् ।
बिज्ञापन
निमित्त हाकिमलाई राखेर बजेटमा तर मार्ने पाइने भएका कारण कतिपय स्थानीय तहले संघले पठाएका कर्मचारी फिर्ता पठाउँदै आएका छन् । यस्तै समस्याका कारण अहिले ७५३ स्थानीय तहमध्ये २२५ स्थानीय तह अझैं पनि निमित्तकै राज छ ।आर्थिक बर्ष अन्त्यमा अहिले संघीय मामिलामा जात्रा छ, त्यहाँ हाकिम माग्दै जनप्रतिनिधिहरु धाइरहेका छन् भने हाजिर गर्न दिइएन भन्दै फिर्ता भएका कर्मचारीको लस्कर देख्न पाइन्छ ।
उता,उपमहानगरपालिकामध्ये सबैभन्दा कम जनसंख्या (१ लाख २७ हजार) भएको वारा स्थित जितपुर सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल आइतबार अपरान्ह हाकिम खोज्दै सिंहदरबार आइपुगे । पालिका ६ महिनादेखि निमित्त (उपसचिव)हाकिम शिवजी प्रसादले चलाइरहेका छन् । ६ महिना अघि सहसचिव देवराज फुँयालले काम गर्न सक्दिन भनेर हिडेसँगै सो पालिका निमित्तको भरमा चलिरहेको हो । हाकिम माग्दै उनले सामान्य प्रशासनको कर्मचारी प्रशासनका सहसचिव,सचिव मुकुन्द निरौला,मन्त्री भानुभक्त जोशीमात्र होइन,सहसचिवको खटन पटन गर्ने अधिकार प्राप्त मुख्यसचिव बैकुण्ठ अर्यालसम्मलाई भेटेर दुःख बेसाए । तर,उधारो आश्वासन पाए,हाकिम पाएनन् र निराश भएर बारा फर्किएका छन् । यसरी पौडेलजस्तै प्रमुख प्रशासकीय अधिकृत माग्दै सिंहदरबारमा जनप्रतिनिधिको लर्काे लाग्ने क्रम जारी छ ।
महानगरपालिकामा सहसचिवको दुख छैन तर उपमहानगरपालिकाको कन्तबिजोग कस्तो छ भने, अहिले ११ वटा उपमहानगरपालिकामध्ये हेटौडामा सहसचिव रामबाबु पुरी र नेपालगञ्जमा ओमबहादुर खड्का दरबन्दीमै खटिएर काम गरिरहेका छन् । ती पनि फालिएर र पेलिएर,शक्तिकेन्द्र मिलाउन नसकेर मात्र त्यहाँ पुगेका हुन । बाँकी ९ वटा पालिका लामो समयदेखि निमित्तकै भरमा चलिरहेका छन् । यता सिंहदरबारमा कर्मचारी थुपारिएको छ,स्थानीय तह दरबन्दीका कर्मचारी नपाएर एक तह मुनीका हाकिमलाई जिम्मेवारी दिइरहनु पर्ने स्थिति छ । जनप्रतिनिधि कर्मचारी पाइएन भन्दै मन्त्रालयमा धाँइरहँदा खटाइएका कर्मचारी जनप्रतिनिधिहरुले हाजिर गर्न दिइएनन् भन्दै धमाधम फिर्ता हुँदैछन् ।
गौ प्राणी मानिएका मन्त्री भानुभक्त जोशीले साउनसम्ममा निमित्तको राज हटाउने गरी काम गरिरहेको उद्घोष गरे पनि उपसचिव हाकिम हुने ११८ नगरपालिका,९७ गाउँपालिका शाखा अधिकृत (हाकिमविहिन) छन् । यस्तो समस्या सबैभन्दा बढी मधेश प्रदेश र सूदुरपश्चिमतिर छ । मधेशका ७४ पालिका निमित्तको भरमा चलिरहेका छन भने सुदूरपश्चिममा ५४ पालिका,कर्णालीका ३९,कोशीका ३५,बाग्मती प्रदेशका १२ पालिका,लुम्बिनीका १० र गण्डकीका ५ पालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन छन् ।