संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शाखा अधिकृतबाट उपसचिवमा बढूवा हुने सम्भाव्य उमेद्धारहरुको नामावली सार्वजनिक गरेको छ । मन्त्रालयले नेपाल प्रशासन सेवासहित विभिन्न सेवामा १०० जना शाखा अधिकृतबाट उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । जसमा सबैभन्दा बढी ८७ जना प्रशासन सेवाका शाखा अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । ८७ जना प्रशासन सेवामा १९ जना भने लेखा समूहका रहेका छन् ।
बिज्ञापन
त्यसपछि नेपाल लेखापरिक्षण सेवाका चार जना शाखा अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस हुदाँ नौ जना प्राविधिक सेवातर्फ विभिन्न समूह तथा उपसमूहतर्फको शाखा अधिकृतबाट उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।