४ लाख घुससहित पक्राउ परेका ४ कर्मचारीमध्ये २ निर्दाेष,२ लाई ८ महिना कैद

४ लाख घुससहित पक्राउ परेका ४ कर्मचारीमध्ये विशेष अदालतले दुईलाई दोषी करार गर्दै सजाय सुनाएको छ । दुईलाई निर्दाेष ठहर गरेको हो । गत असारमा ग्रामिण सडक सुधार आयोजना, आयोजना कार्यान्वयन इकाइ झापा (दमक)का चार जना कर्मचारी चार लाख घुससहित अख्तियारले पक्राउ गरेको हो ।ती मध्ये दुईलाई दोषी र दुई निर्दाेष भएको विशेषले फैसला सुनाएको हो ।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगाल, काठमाडौं र इटहरीबाट खटिएको संयुक्त टोलीले ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाइ झापा (दमक)का आयोजना व्यवस्थापक (सिडिई) हुतराज चौहान, इन्जिनियर रविन्द्र कुमार शर्मा र लेखापाल हिमाल पौडेललाई पक्राउ गरेर अख्तियारले गत वर्ष ७ साउनमा मुद्दा चलाएको थियो।

बिज्ञापन

सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानीको लागि सहजीकरण गरेवापत घुस रकम माग गरेका थिए। घुस रकम लिइसकेको अवस्थामा दमक नगरपालिका–५ आदर्श टोलस्थित कार्यालयको कम्पाउण्डबाट उनीहरुलाई नियन्त्रणमा लिएको थियो । जसमध्ये दुई कर्मचारीले विशेष अदालतबाट सफाइ पाएका छन् ।आठ महिना अघि ४ लाख घुससहित पक्राउ परेका ४ कर्मचारीमध्ये विशेषका न्यायधीशत्रय तेजनारायणसिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले दुई जनालाई सफाइ र दुईलाई आठ- आठ महिना कैद सजाय सुनाएको हो ।

सफाइ पाउनेमा ग्रामीण सडक सञ्जाल सुधार आयोजना कार्यान्वयन इकाइ झापाका आयोजना व्यवस्थापक (सिडिई) हुतराज चौहान र इन्जिनियर धर्मेन्द्रकुमार झा रहेका छन् । यस्तै आयोजनाका इन्जिनियर रवीन्द्रकुमार शर्मा र लेखापाल हिमाल पौडेललाइै दोषी ठहर गरेको हो । ठेक्का सम्झौताअनुसारको निर्माण कार्यको अन्तिम बिल भुक्तानीबापत चार लाख रुपैयाँ घुस लिएको ठहर विशेषले गरेको छ।

बिज्ञापन

उनीहरूलाई आठ–आठ महिना कैदका साथै जनही दुई लाख रुपैयाँ बिगोबराबर जरिवाना हुने फैसला भएको हो।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कार्यसम्पादनमा खरो उत्रन नसकेका मन्त्रीहरु रेडजोनमा

राहदानी विभागको महानिर्देशकमा विक

अख्तियारले फेला नपारेका माओवादी सत्ताका तरमारा सहसचिव राना एक वर्षदेखि लापत्ता, प्रधानमन्त्री सचिवालयको संरक्षण

उल्टाइदैं गौरीबहादुर कार्की आयोगको सिफारिस

सरकारी कार्यालयलाई चाहिने सफ्टवेयर आफैँ बनाउने तयारी,खुल्दैछ छुट्टै कार्यालय

सचिवको सचिवालय घटाइने,सहसचिवको कटौती हुने,सल्लाहकार र स्वकीय भने बढाइदैं

विज्ञान प्रविधि मन्त्रीको सल्लाहकारमा थापा

खाँडादेवी गाउँपालिकाका प्राविधिकहरूद्वारा सामूहिक राजीनामा

बिशेष