भ्रष्टाचारका पाँच मुद्धामा उपसचिवलाई एकै पटक सफाइ

फरक फरक पाँच वटा भ्रष्टाचार मुद्धा खेपिरहेका उपसचिवले सबै मुद्धामा सफाइ पाएका छन् ।कार्यसम्पन्न नहुँदै रकम भुक्तानी गरेको, सामुदायिक भवन निर्माण, खेल मैदान, संग्रहालय भवन निर्माण, सडक ढलानजस्ता कार्यमा अनियमितता गरेको अभियोगमा भ्रष्टाचार मुद्धा खेपिरहेका ती उपसचिवलाई विशेष अदालतले सबै मुद्धामा क्लिन चिट दिएको हो ।

बिज्ञापन

विशेष अदालतले बाराको सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिओमप्रसाद जयसवाललाई विभिन्न पाँचवटा मुद्धामा एकै पटक सफाइ दिएको हो ।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष ३ जेठमा र २४ साउनमा गैरकानुनी लाभका दुई मुद्दा र २० असार २०८० मा झुट्ठा विवरण पेस गरी भ्रष्टाचार गरेको भन्दै थप तीन मुद्दा दायर भएका थिए। कार्यसम्पन्न नहुँदै रकम भुक्तानी गरेको, सामुदायिक भवन निर्माण, खेल मैदान, संग्रहालय भवन निर्माण, सडक ढलानजस्ता कार्यमा अनियमितता गरेको अभियोग उनीमाथि थियो । यी सबैमा मुद्धामा विशेष अदालतले सफाइ दिने फैसला भएको हो।

सोमबार यी पाँचै मुद्दा विशेषका अध्यक्ष टेकनारायाण कुँवर तथा सदस्य मुरारीबाबु श्रेष्ठको इजलासमा परेका थिए। उनीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी नपुग्ने भन्दै जयसवालसमेतका प्रतिवादीलाई सफाइ दिएका हुन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

सचिवको कमाण्डमा ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ स्थापना

निजामती सेवामा अवकाश: तथ्य, भ्रम र भविष्य

‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो संस्करण साउन २९ गते

अघि बढ्यो सचिव बढुवा प्रक्रिया : यी हुन बढुवाका लाइनमा रहेका बरिष्ठहरु

चार सहसचिवको आन्तरिक सरुवा,एडिबीको कार्यकारी निर्देशकमा धनीराम

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

बिशेष