प्रशासनका २०,इञ्जिनियरिङ सेवाका ६ सहित २९ उपसचिवको सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २९ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले इञ्जिनियरिङ सेवाका ६,विविध सेवा,शिक्षा सेवा, नेपाल आर्थिक योजना तथा तथ्यांक सेवाका एक/ एक र बाँकी २० जना प्रशासन सेवाका उपसचिवहरुको सरुवा गरेको हो ।

बिज्ञापन

सरुवाको सूची अनुसार ५ उपसचिव गृहबाट बाहिरिएका छन् भने १ जनामात्र गृहमा प्रवेश पाएका छन् । गृहबाट बाहिरिएका उपसचिवहरुमा मोहदत्त भट्ट,निरोजबहादुर भुजेल,सुरेश सुनार,हुमनाथ पराजुली,रेवतीरमण शर्मा रहेका छन् । यस्तै गृहमा इन्ट्री पाएका उपसचिवमा विजय राना मगर छन्,उनले शहरीबाट गृहमा प्रवेश पाएका छन् ।

बिज्ञापन

यस्तै शहरीबाटै सुरेश कुमार वाग्लेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पुगेका छन् । प्राविधिक तर्फका उपसचिव मोहदत्त भट्ट गृहबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका छन् भने जितेन्द्र प्रसाद शर्माको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सृजन जोगिजु खानेपानी मन्त्रालयमा पुगेका छन् ।

यस्तै गृहबाट बाहिरिएका निरोज बहादुर भुजेल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय,विविध सेवाका उपसचिव गोविन्दराम पनेरु भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका छन् । यस्तै नेपाल आर्थिक योजना तथा तथ्यांक सेवातर्फका तुलसीराम पोखरेल राष्ट्रिय तथ्याङ्क कार्यालयबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएको छ । शिक्षा सेवाका सुवर्णकुमार खड्कालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा दरबन्दी रहने गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेशमा काजमा खटाइएको छ ।

बिज्ञापन

बाँकी २० प्रशासन सेवाका उपसचिवहरु सरुवामा परेका छन् । जसमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव प्रकाश प्रसाद पोखरेललाई सामान्यको अतिरिक्त समूहमा राखेर भूमिबाट कोशी प्रदेशमा पुर्याइएको छ । सरुवाको सूची अनुसार,गृहबाट सुरेश सुनारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेका छन् भने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट राजु कुँवरलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा खटाइएको छ ।

यस्तै निर्मला न्यौपानेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, रामकृष्ण अर्याललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएका छन् ।महिला मन्त्रालयबाट जमुना मिश्रको राष्ट्रिय महिला आयोगमा, राष्ट्रिय महिला आयोगबाट सीता निरौला फुयाँलको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा पठाइएको छ । एक न्यूज पोर्टललाई सूचना उपलव्ध गराएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट लखेटिएर सामान्य प्रशासनमा पुगेकी कविता फुयाँल युवा तथा खेलकुद मन्त्रालयमा खटाइएको छ । खेलकुदमै सरुवा भएका छन्, गोविन्द प्रसाद घिमिरे । यस्का अलवा श्रमबाट दिपक ढकालको राष्ट्रिय योजना आयोग, गृहबाट हुमनाथ पराजुलीलाई श्रममा लगिएको छ भने त्यहाँ रक्षामा कार्यरत केशर बहादुर पण्डित, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट बाबुराम घिमिरेलाई त्यतै तानिएको छ ।

रेवती रमण शर्मा गृहबाट स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय,प्रम कार्यालयमा कार्यरत सुरेश राज जोशी पनि स्वास्थ्यमै पुगेका छन् । कृषिबाट सुशीला अधिकारीको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुग्दा कृष्ण प्रसाद शर्मा सुवेदी कृषिबाट शहरीतिर सारिएको छ । शहरीमै कार्यरत नारायण प्रसाद मैनालीलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पुगेका छन् भने डिल्लीराज श्रेष्ठलाई शहरीबाट राष्ट्रिय योजना आयोग र आयोगका उपसचिव नारायण खतिवडालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा दरबन्दी रहने गरी निजामती कर्मचारी अस्पतालमा काज सरुवा भएका छन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।