इलाम र बझाङमा उपनिर्वाचन : १ लाख ८७ हजार मतदाताले छान्नेछन् दुई सांसद

इलाम र बझाङको उपनिर्वाचन अन्तर्गत आज मतदान शुरु भएको छ । बिहान ७ बजेदेखि उपनिर्वाचन अन्तर्गत इलाम र बझाङमा मतदान शुरु भएको हो । इलाम–२ मा एमालेका तर्फबाट उम्मेदवार रहेका सुहाङ नेम्वाङले मतदान गरेका छन् । उनले महेन्द्ररत्न बहुमुखी क्याम्पसमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् ।

बिज्ञापन

निर्वाचन आयोगका अनुसार बझाङ १ (१) मा कुल ६१ हजार सात सय ४८ मतदाता छन् भने ७४ मतदानस्थल र ९३ मतदान केन्द्र रहेको आयोगले जनाएको छ । त्यसमध्ये ३१ केन्द्र सामान्य, ३० संवेदनशील र ३२ अतिसंवेदनशील छन् । यस्तै इलाममा यस अघि ४२२ जना मतदाता थपिएका छन् । आयोगले यसअघि नै सार्वजनिक गरेको विवरण अनुसार इलाम क्षेत्र नम्बर २ मा एक लाख १५ हजार ८८९ जना मतदाता छन्। यो चुनावमा एक लाख १५ हजार आठ सय ८९ मतदाता कायम भएका छन् । आयोगका अनुसार ५९ हजार १८ पुरुष, ५६ हजार आठ सय ६९ महिला र दुई जना तेस्रो लिङ्गी छन् ।

बिज्ञापन

बझाङमा १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।इलाममा १८ जना चुनावी मैदानमा छ । दुई निर्वाचन क्षेत्रमा ३० जना चुनाव लड्दै छन्। इलाम २ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद सुवासचन्द्र नेम्वाङको निधन भएकाले त्यहाँ उपचुनाव हुन लागेको हो। त्यस्तै बझाङको प्रदेश सभा (१) पनि त्यहाँबाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि उपनिर्वाचन हुन लागेको छ। निर्वाचन आयोगले मतदानको समय बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय निर्धारण गरेको छ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

प्रधानमन्त्री कार्यालयमा निर्वाचन आयोग पदाधिकारी पनि अपमानित, बोलाएर गेटबाटै दिइएन प्रवेश

नेपालको निजामती प्रशासन: रूपान्तरणको संकट र सुधारको मार्गचित्र

ओली सरकारका खास,वालेन सरकारका आसपास

घरबाट हराएका पूर्व कार्यवाहक महालेखापरीक्षकको शव नारायणी किनारमा

अवकाशको मुखमा अपमान

रास्वपा केन्द्रीय सदस्यमा पूर्व डीआईजी खड्काको उम्मेदवारी, ‘अनुभव र क्षमतालाई राष्ट्रहितमा समर्पित गर्छु’

पदका लागि राजनीतिक रंग फेर्दै ‘पुराना खेलाडी’, रास्वपा निकट बनेर पुनः अवसर खोज्दै विवादित पात्रहरू

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

बिशेष