के त्यस्तो कला छ वीरेन्द्रसँग,जो अरु कर्मचारीमा छैन ?

सरकारले २८ सहसचिवको सरुवा गर्दा एक जना सहसचिवलाई महानगरपालिकाबाट महानगरपालिकमै खटाएको छ,प्रमुख प्रशासकीय अधिकृतको रुपमा । ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्र भारतीलाई यस अघि अधिकृत हुँदा कार्य गरिसकेको भरतपुर महानगरपालिकामा खटाइएको छ । यस अघिका गणेश अर्याल प्रमुख जिल्ला अधिकारी बनेर गएसँगै भारती गत साउनमा ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बन्न आइपुगेका थिए ।
९ महिनामा भारती त्यहाँबाट भरतपुर महानगरपालिकामा सरुवा भएका हुन । शक्ति र पहुँच नपुग्ने कर्मचारीहरु दुर्गम भेगमै सडिरहनु पर्ने । उनीहरुले कहिले राम्रा र आकर्षक मानिने कार्यालयमा काम गर्ने अवसर पाउँदैनन् तर भारती यस्ता कर्मचारी हुन,जस्ले जागिरे जीवनको १५ बर्ष स्थानीय तहमै प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गर्ने अवसर पाएका छन् । त्यो पनि गोकर्णश्वर,गोदावरी,नेपालगञ्ज,पोखरा,ललितपुर र भरतपुरजस्तो ठूलो बजेट खेलाउने पाउने स्थानीय तहमा ।

बिज्ञापन

अधिकृत हुँदादेखि नै भरतपुर महानगरपालिकामा काम गरेका उनी पालुङटार नगरपालिका हुँदै गोकर्णेश्वर नगरपालिका, गोदावरी नगरपालिका जस्ता आकर्षक पालिकामा काम गर्ने अवसर पाएका थिए । त्यहाँबाट गोदावरी नेपालगञ्ज हुँदै पोखरा महानगरपालिकामा केही महिना काम गरेका उनी ललितपुर महानगरपालिका आइपुगेका थिए । अहिले भरतपुर महानगरपालिकामा सरुवा भएका हुन ।

बिज्ञापन

दैलेखका बासी उनी टोखाका जमिन्दार हुन । केही अघिमात्र सहसचिवमा बढुवा भएपछि समेत उनले नगरपालिका छाडेर अन्यन्त्र जानु परेको छैन । ०५५ सालमा कृषि विकास बैंकका जागिरे भारतीले निजामती सेवामा पाइला राखेको चाहिँ ५६ सालबाट । १० बर्ष पछि उपसचिवमा उक्लिएका उनी सदैव अतिरिक्त आम्दानी हुने मालदार कार्यालयमा प्रमुख हुँदै आएका छन् । उपसचिव हुँदा होस वा सहसचिव स्थानीय तहकै प्रमुख प्रशासकीय अधिकृत बनेर काम गरिरहेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

विवादित उपसचिवहरु उपत्यका छिर्न लाखौंको चलखेल,विवादमा तानिदैं मन्त्री अधिकारी

अर्थ मन्त्रालयमा ९० शाखा अधिकृतको व्यापक हेरफेर

जीबी राई भगाउने सहसचिव घिमिरे ‘पुरस्कृत’

मन्त्रीका स्वकीयका अगाडि सचिव र सहसचिव निरिह

२० भदौंभित्र सहसचिव र उपसचिव पदको माग आकृति फाराम पठाउन सामान्यको परिपत्र

मन्त्री न्यौपाने भन्छिन्ः अब एक वर्ष नपुग्दै कसैको सरुवा हुँदैन

‘अब एक वर्ष दिन नपुगी कुनै कर्मचारीको सरुवा हुँदैन’ : मन्त्री न्यौपाने

भ्रष्टाचार मुद्धामा मुख्य सचिवलाई उन्मुक्ति दिएको भन्दै सर्वाेच्च पुग्यो अख्तियार

बिशेष