के त्यस्तो कला छ वीरेन्द्रसँग,जो अरु कर्मचारीमा छैन ?

सरकारले २८ सहसचिवको सरुवा गर्दा एक जना सहसचिवलाई महानगरपालिकाबाट महानगरपालिकमै खटाएको छ,प्रमुख प्रशासकीय अधिकृतको रुपमा । ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्र भारतीलाई यस अघि अधिकृत हुँदा कार्य गरिसकेको भरतपुर महानगरपालिकामा खटाइएको छ । यस अघिका गणेश अर्याल प्रमुख जिल्ला अधिकारी बनेर गएसँगै भारती गत साउनमा ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बन्न आइपुगेका थिए ।
९ महिनामा भारती त्यहाँबाट भरतपुर महानगरपालिकामा सरुवा भएका हुन । शक्ति र पहुँच नपुग्ने कर्मचारीहरु दुर्गम भेगमै सडिरहनु पर्ने । उनीहरुले कहिले राम्रा र आकर्षक मानिने कार्यालयमा काम गर्ने अवसर पाउँदैनन् तर भारती यस्ता कर्मचारी हुन,जस्ले जागिरे जीवनको १५ बर्ष स्थानीय तहमै प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गर्ने अवसर पाएका छन् । त्यो पनि गोकर्णश्वर,गोदावरी,नेपालगञ्ज,पोखरा,ललितपुर र भरतपुरजस्तो ठूलो बजेट खेलाउने पाउने स्थानीय तहमा ।

बिज्ञापन

अधिकृत हुँदादेखि नै भरतपुर महानगरपालिकामा काम गरेका उनी पालुङटार नगरपालिका हुँदै गोकर्णेश्वर नगरपालिका, गोदावरी नगरपालिका जस्ता आकर्षक पालिकामा काम गर्ने अवसर पाएका थिए । त्यहाँबाट गोदावरी नेपालगञ्ज हुँदै पोखरा महानगरपालिकामा केही महिना काम गरेका उनी ललितपुर महानगरपालिका आइपुगेका थिए । अहिले भरतपुर महानगरपालिकामा सरुवा भएका हुन ।

बिज्ञापन

दैलेखका बासी उनी टोखाका जमिन्दार हुन । केही अघिमात्र सहसचिवमा बढुवा भएपछि समेत उनले नगरपालिका छाडेर अन्यन्त्र जानु परेको छैन । ०५५ सालमा कृषि विकास बैंकका जागिरे भारतीले निजामती सेवामा पाइला राखेको चाहिँ ५६ सालबाट । १० बर्ष पछि उपसचिवमा उक्लिएका उनी सदैव अतिरिक्त आम्दानी हुने मालदार कार्यालयमा प्रमुख हुँदै आएका छन् । उपसचिव हुँदा होस वा सहसचिव स्थानीय तहकै प्रमुख प्रशासकीय अधिकृत बनेर काम गरिरहेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निजामती सेवा विद्येयकको मस्यौदाप्रति कर्मचारीको आपत्ति,दफा १,२,२८,१२१,१३५ संशोधनको माग

चार सह सचिवको जिम्मेवारी हेरफेर,दुई विभाग रिक्त

सरकारी कार्यक्रमहरू होटल तथा रिसोर्टमा गर्न नपाइने

३० हजार घुससहित खाद्य प्रविधिका प्राविधिक सहायक सन्जय चौधरी पक्राउ

निजामती विधेयकको मस्यौदामा ३ हजार बढी सुझाव,प्रशासन सुधार महाशाखा प्रमुखले गर्दैछन् विश्लेषण

कांग्रेसबाट प्रत्यक्षमा जित्ने एक्ली महिला बासना,अब पार्टी प्रमुख सचेतक

यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

सशस्त्र प्रहरीको महानिरीक्षकमा पौडेल

बिशेष