नक्कली लाइसेन्स प्रकरण :- कारवाही सिफारिस गरिएका कर्मचारी नै अख्तियारमा सरुवा

नक्कली लाइसेन्स जारी प्रकरणमा छानबिन समितिले दोषी करार गरेका एक कम्युटर इञ्जिनियर सेटिङ मिलाएर अख्तियारमा पुगेका छन् । झण्डै ३० हजार बढी नक्कली लाइसेन्स वितरण भएको भन्दै मन्त्रालयले यातायात व्यवस्था विभागका आईटी शाखा प्रमुख मुकेश रेग्मीकै नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।

बिज्ञापन

उक्त समितिमा यातायात व्यवस्था विभागका शाखा अधिकृत अर्जुन अधिकारी,सविन श्रेष्ठका अलवा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक तपनकुमार दाहालसहित पाँच सदस्य समिति बनाइएको थियो । सो समितिले ३० हजार लाइसेन्स अवैध रहेको पुष्टि भएको छ भने थप ६५ हजार लाइसेन्स शंकास्पद रहेको प्रतिवेदन नै तयार पारेको छ ।
यो प्रकरणमा समितिले दोषी करार गरेका कर्मचारी मध्येका एक हुन कम्युटर इञ्जिनियर सुरज प्रकाश अर्याल । उनै अर्याल अहिले सेटिङ मिलाएर अख्तियार पुगेका छन् ।
यो प्रकरण उत्कर्षमा पुगेपछि उनी सञ्चार मन्त्रालयबाट सरुवा भएर सूचना,प्रविधि विभागमा सरुवा भएका थिए ।  सञ्चार मन्त्रालय स्रोतका अनुसार,अर्यालको सरुवा गत फागुन १८ गते भएको थियो भने उनले चैत्र २० गते मात्र रमाना लिएका थिए । सो विभागमा महिना दिन पनि काम नगरी उनी अस्ति सोमबारबाटै अख्तियारमा हाजिर हुन पुगेका हुन । यस्तो गम्भीर बदमासीमा मुछिएका कर्मचारीलाई अख्तियार आफैंले रोज्नुलाइं शंकास्पद् मात्र मानिएको छैन यो प्रकरण नै कमजोर बनाउन खोजिएको रुपमा टिप्पणी हुन थालेको छ । यस्तो गम्भीर बदमासीमा मुछिएका कर्मचारीलाई अस्तिमात्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अर्याललाई ३ महिनाका लागि अख्तियारमा काज सरुवा गरिएको भेटिएको छ ।

बिज्ञापन

अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अहिले इम्बोस्ड नम्बर प्लेटका अलवा नक्कली लाइसेन्स प्रकरणको समेत छानबिन गरिरहेको छ । इम्बोस्ड नम्बर प्लेट र फर्जी लाइसेन्स जारी प्रकरणको छानबिन प्रभावित बनाउन इन्जिनियर सुरजप्रकाश अर्याललाई स्वार्थको द्धन्द हुने गरी सो निकायमा खटाइएको हो । अर्यालले कारागारमा रहेका संशाक बस्यालको नाममा नक्कली लाइसेन्स जारी गरेको छानबिन समितिले भेटेको थियो । आवेदन नम्बर ८३६४१२१ रहेका संशाक सवारी दुर्घटना प्रकरणमा कारागारमा थिए । उनकै नाममा सुरजप्रकाशले नक्कली लाइसेन्स जारी गरेर कारागारमै पुगेर नक्कली लाइसेन्स दिएको छानबिन समितिले औल्याएको छ ।

यसरी कारवाहीको डण्डा बर्साउनु पर्ने कर्मचारी सञ्चार मन्त्रालय हुँदै सूचना प्रविधि विभागमा सरुवा भएकोमा सो ठाउँमा १५ दिन समेत नबसी अख्तियारमा रमाना भएका छन् । यस्लाई पूर्व प्रशासकहरुले स्वार्थको द्धन्द भनेका छन् भने यस्ता प्रवृत्तिले अख्तियारको गरिमा पनि धुलिसाथ हुने टिप्पणी गरेका छन् । अख्तियारले कम्युटर इञ्जिनियरै चाहिएको हो भने एक सय एक काविल कम्युटर इञ्जिनियरहरु सेवामा छन् । तर दाग लागेका,अख्तियार आफैंले नक्कली लाइसेन्स र इम्बोस्ड नम्बर प्लेटमा भएको अनियमितता माथि छानबिन गरिरहेकै समयमा त्यही रहँदा बदमासीमा मुछिएका कर्मचारीलाई अख्तियार लैजानु भनेको छानबिन प्रभावित पार्ने खोजिएको रुपमा प्रशासकहरुले टिप्पणी गरेका छन् ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

सचिवको कमाण्डमा ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ स्थापना

निजामती सेवामा अवकाश: तथ्य, भ्रम र भविष्य

‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो संस्करण साउन २९ गते

अघि बढ्यो सचिव बढुवा प्रक्रिया : यी हुन बढुवाका लाइनमा रहेका बरिष्ठहरु

चार सहसचिवको आन्तरिक सरुवा,एडिबीको कार्यकारी निर्देशकमा धनीराम

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

बिशेष