कृषिका सहसचिव सेवाबाटै बर्खास्त

नेपाल सरकारका एक सहसचिव बर्खास्तीमा परेका छन् । लगातार ३७५ दिनदेखि सम्पर्कविहीन भएका सहसचिव कमल गैह्रेलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बर्खास्त गरेको हो । मन्त्रालयमा प्राविधिकतर्फका कर्मचारी संकेत नम्बर १५३३०६ रहेको डा कमलराज गैह्रेलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट बर्खास्त गरेको जनाइएको छ ।गैह्रे कृषि मन्त्रालयमा प्राविधिकतर्फको सहसचिवको रुपमा कार्यरत थिए । उनी गत बर्ष वैशाख २ गतेदेखि नै मन्त्रालयको सम्पर्कमा नरहेको मन्त्रालयले जनाएको छ ।  गत बर्ष वैशाख २ गते आफूखुशी गैरहाजिर भएका गैह्रेलाई हाजिर हुनका लागि र गैर हाजिर हुनुको चित्त बुझ्दो कारण पेश गर्न मन्त्रालयले पटक पटक सार्वजनिक सूचना प्रकाशन गरिसकेको थियो । तर यो बीचमा गैह्रे न त मन्त्रालयको सम्पर्कमा आए न त गैह्र हाजिर हुनुको कारण नै पेश गरे ।

बिज्ञापन

निजामती सेवा ऐन, २०४९ अनुसार बिना जानकारी कुनै सरकारी कर्मचारी लगातार ९० दिन पदाधिकार रहेको कार्यालयमा अनुपस्थित रहेमा सफाइको मौका दिने र स्पष्टीकरण चित्तबुझ्दो नभए कारबाही प्रक्रिया अघि बढाउन बाटो खुला हुन्छ । लगातार नब्बे दिन भन्दा बढी समय अनुपस्थित रहेकोले सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको हो ।

बिज्ञापन

पछिल्लो समय भुटानस्थित पुनाख डेजोङ भन्ने ठाउँमा खिचेको फोटो फेसबुकमार्फत सार्वजनिक भएको थियो । सोही तस्विरका आधारमा उनी विदेश पुगेका मन्त्रालयका अधिकारीहरुको आँकलन छ ।

मन्त्रालयद्धारा प्रकाशित सूचनामा भनिएको छ– बिदा स्वीकृत नगराई आफ्नो पदाधिकार रहेको कार्यालयमा लगातार नब्बे दिन भन्दा बढी समय अनुपस्थित रहनु भएकोले निजामती सेवा ऐन, २०४९ को दफा ६१ (१) को खण्ड (ख) बमोजिमको कसुरमा सोही ऐन दफा ५९ को खण्ड (ख) को (१) बमोजिम भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी निजामती सेवा नियमावली, २०५० को नियम ११२ को उपनियम (३) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम नेपाल सरकारको निर्णयअनुसार सेवाबाट हटाउने निर्णय गरिएको छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सात जना सहसचिवहरूको सरुवा

निजामतीमा छन् ४५ हजार बढी दलका कार्यकर्ता कर्मचारी

घुस खाने महिला कर्मचारीको यस्तो छ रेकर्ड

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको चाप बढ्यो, नयाँ भवन निर्माण प्रक्रिया सुरु

दुई एआईजीको जिम्मेवारी हेरफेर

देशभरका १८ राजमार्ग अवरुद्ध

पृथ्वी राजमार्ग खुलेसँगै बेनीघाटमा सवारीसाधनको चाप

रसुवामा विदेशी पर्यटक अलपत्र, प्रशासनले सतर्कता अपनाउन अनुरोध

बिशेष