८ उपसचिवको सरुवा :-५ लाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काठमाडौँका बुढानिलकण्ठ,गोदावरी,तारकेश्वरसहितका प्रमुख प्रशासकीय अधिकृतहरु परिवर्तन गरेको छ ।
यस्तै गोकर्णश्वर,मण्डन देउपुर नगरपालिका काभ्रेपलाञ्चोक, मुसिकोट नगरपालिका, गुल्मी, पुनर्वास नगरपालिका, कञ्चनपुरका प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरेको हो ।
मन्त्रालयले आठ उपसचिवको खटन पटन गर्दा ५ लाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाएको छ । एक जना उपसचिवलाई अतिरिक्त समूह,अर्काेलाई संघीय मामिला तथा सामान्य प्रशासन र अर्का एकलाई राष्ट्रिय महिला आयोगमा खटाएको छ ।

बिज्ञापन

सरुवाको सूची अनुसार, राष्ट्रिय महिला आयोगका उपसचिव भूपेन्द्र पाण्डेयलाई बुढानीलकण्ठ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाइएको छ भने त्यहाँ कार्यरत तुल्सीराम अर्याललाई राष्ट्रिय महिला आयोगमा खटाइएको छ ।

बिज्ञापन

यस्तै,गोदावरी नगरपिालिकाका अच्युत राज रेग्मीलाई संघीय मामिला तथा साान्य प्रशासन अतिरिक्त समूहमा तानेर त्यहाँ मानबहादुर खड्कालाई मण्डन देउपुर नगरपालिकाकाबाट तानेर पठाइएको छ ।

यस्तै मुसिकोट नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विनोद कुँवरको तारकेश्वर नगरपालिका, तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा उपसचिवका रूपमा सरुवा भएको छ ।

बिज्ञापन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका उपसचिव याम नारायण गौलीको गोकर्णेश्वर नगरपालिका काठमाडौँको प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा भएको छ ।

पुनर्वास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह ऐरीको जिल्ला समन्वय समितिको कार्यालय बैतडीमा सरुवा भएको छ । उनलाई पाटन नगरपालिकाको थप जिम्मेवारी समेत दिइएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

बिशेष