निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित सात विरुद्ध भ्रष्टाचार मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित सात विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाहीसहित सात विरुद्ध अख्तियारले भ्रष्टाचार मुद्धा चलाएको हो ।

बिज्ञापन

चंखेली गाउँपालिका, वडा नं ३ स्थित सुकिचौर हुँदै चिमाङसम्मको बाटो निर्माण कार्यमा अनियमितता भएको भन्ने उजुरीका आधारमा अनुसन्धान गर्दा तत्कालीन निमित्त प्रमुख प्रशासकीय शाही, इन्जिनियर रुद्र बहादुर वली र असिस्टेन्ट सव इन्जिनियर हर्कधन बुढाले आर्थिक बर्ष ०७४/ ७५ मा संचालित बाटो निर्माण कार्यमा अनियमितता गरेको खुलेसँगै उनीहरुलाई प्रतिवादी बनाउँदै अख्तियारले मुद्धा चलाएको हो ।

बिज्ञापन

निर्माणस्थलको वास्तविक तथ्य बँग्याई भए गरेको कार्यभन्दा बढी मूल्याङ्‍कन गरी नापी किताबमा चढाई रु २ लाख २२ हजार ५०३ रुपैयाँ १७ पैसा बढी भुक्तानी दिएको पाइएकाले शाही, वली र बुढाका साथैं उपभोक्ता समितिका अध्यक्ष मनजित रोकाया, सचिव धनपति ऐडी र कोषाध्यक्ष पुनी ऐडीविरुद्ध पनि सोही रकम मागदाबी लिइएको छ ।

यसैगरी चंखेली गाउँपालिका वडा नं घ का तत्कालीन वडा अध्यक्ष सालिग्राम ऐडीले पनि बाटो निर्माण कार्यमा नभए नगरेको कार्यलाई समेत भए गरेको भनी सिफारिस दिई सार्वजनिक सम्पत्ति हानिनोक्सानी गराएको पाइएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (घ) बमोजिम सजाय हुन मागदाबी गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एमाले महाधिवेशन उद्घाटनमा शीर्ष नेता गएनन्

आफ्नै प्रस्तावबाट व्याक भए ओली

भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दाका प्रतिवादी सहसचिव भट्टराई २५ लाख धरौटीमा रिहा

खल्तीविरुद्ध जेनजीहरु खुलकुदमन्त्रीकहाँ

अस्वभाविक बरियता : अधिवक्ताभन्दा सर्वाेच्चका न्यायधीश तल,पूर्व एआइजी जेनजी मन्त्रीभन्दा पुच्छारमा

१ लाख रुपैयाँ घुस लिएको आरोपमा नापी कार्यालय वीरगन्जका सर्वेक्षक र सहयोगीविरुद्ध मुद्दा दायर

११२ प्रहरी कर्मचारी कारवाहीमा,बढुवा रोक्कासम्मको चेतावनी

सहकारी व्यवस्थापन टोलीसँग स्पष्टीकरण पछि मन्त्रीको सरुवा

बिशेष