२ सचिवसहित २८ कर्मचारीको सरुवा

न्याय सेवा आयोगले दुई सचिवसहित २८ जनाको सरुवा गरेको छ ।  आयोगले दुई कानुन सचिवको जिम्मेवारी हेरफेर गर्न सिफारिस गरेको छ। यस्तै आयोगले १२ सहसचिव, ९ उपसचिव र ५ अधिकृत गरी २८ कर्मचारीको सरुवा गरेको हो । आयोगको आज बसेको बैठकले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटालाई सत्य निरुपण तथा मेलमिलाप आयोगमा पठाएको छ भने आयोगका सचिव फणिन्द्र गौतमको मन्त्रालयमा सरुवा भएको छ ।

बिज्ञापन

यस अघि सापकोटालाई आयोगमा काजमा खटाइएका थिए। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको दरबन्दीमा रहेका उनलाई आयोगमा सरुवा गरिएको हो ।यस्तै सचिव फणीन्द्र गौतमलाई कानुन मन्त्रालयमा सरुवा गर्न सिफारिस भएको छ। गौतम यसअघि सत्य निरुपण तथा मेलमिलाप आयोगको दरबन्दीमा रही मन्त्रालयमा काजमा खटिएका थिए।

बिज्ञापन

त्यस्तै, विशेष अदालतका रजिष्ट्रार हरिराज कार्कीको सह–रजिष्ट्रारको रुपमा सर्वोच्च अदालतमा सरुवा भएको छ । उनको ठाउँमा जितेन्द्रबाबु थपलियालाई ल्याइएको छ । सहसचिव रामप्रसाद भट्टराई, रामप्यारी सुनुवार, जगदीशप्रसाद भट्ट र विश्वजंग सिजापतिको क्रमशः उच्च अदालत तुलसीपुर, पाटन, विराटनगर र सुर्खेतमा सरुवा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत सहसचिव निर्मला अधिकारी भट्टराईलाई कानून मन्त्रालय पठाइएको छ । त्यहाँ निर्वाचन आयोगका यज्ञप्रसाद भट्टराईलाई लगिएको छ ।

कानून मन्त्रालयका सहसचिव धर्मराज कुईंकेल गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भएकाले उनको ठाउँमा कोशी प्रदेशको मुख्यमन्त्री कार्यालयमा कार्यरत विनोदकुमार भट्टराईलाई ल्याइएको छ ।यस्तै, गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालयका शम्भुराज रेग्मी न्याय सेवा तालिम केन्द्रमा प्रमुखका रुपमा सरुवा भएका छन् । कानून मन्त्रालयमा कार्यरत सहसचिव अरुणा चौधरीलाई भने निर्वाचन आयोगमा पठाइएको छ ।

बिज्ञापन

प्रधानमन्त्री कार्यालयका उपसचिव रेशमराज सिग्देल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा र कानून मन्त्रालयमा कार्यरत टंकबहादुर महतसहित महालेखा परीक्षकको कार्यालयका राजेन्द्रकुमार लम्सालको प्रधानमन्त्री कार्यालयमा सरुवा भएको छ ।

नेपाल कानून आयोगका उपसचिव देवकुमार राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालय पठाइएको छ । प्रधानमन्त्री कार्यालयमा कार्यरत मानबहादुर बस्नेत, उद्योग विभाग तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका विष्णबहादुर घर्ती सडक विभागमा सरुवा भएका छन् ।

उपसचिव मनिराम ज्ञवाली, भूमिनन्द खनाल, खिमानन्द ज्ञवालीको भने क्रमशः महालेखा परीक्षकको कार्यालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा सरुवा भएको छ ।

शाखा अधिकृततर्फ युवा तथा खेलकुद मन्त्रालयमा कार्यरत सुनिता अर्याललाई नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रार कार्यालय पठाइएको छ । उनको ठाउँमा प्रमिला तामाङ आएकी छन् ।

स्वास्थ्य सेवा विभागकी सीता घिमिरे सहकारी विभाग, राष्ट्रिय योजना आयोग सचिवालयकी यमुना भट्टराई न्यौपाने अख्तियार दुरुपयोग अनुसन्धान आयोग र मधेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा कार्यरत सुरेशप्रसाद चौलागाईको स्वास्थ्य सेवा विभागमा सरुवा भएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।