बागदरबारको पत्र पुग्यो धुम्वाराही,जरिवाना तोकियो ५ हजार २ सय २२

राप्रपाले हालै काठमाडौंमा गरेको आन्दोलनका क्रममा सरकारी सम्पत्तिमा क्षति भएको भन्दै काठमाडौं महानगरपालिकाले जरिवाना तिर्न राप्रपालाई पत्र पठाएको छ ।
गत चैत २७ गते राप्रपाको आन्दोलनमा प्रदर्शनकारी भृकुटीमण्डपबाट माइतीघरतर्फ जाँदै गर्दा झडप भएको थियो । सोही क्रममा भद्रकाली ट्राफिक आइल्याण्डमा क्षति पुगेको भन्दै महानगरले राप्रपालाई जरिवाना तिराउने निर्णय गरेको छ ।

बिज्ञापन

महानगरका अनुसार राप्रपाले ट्राफिक आइल्याण्डको मर्मत गर्न लाग्ने शुल्क २२२ रुपैयाँ र फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३९ बमोजिम ५ हजार जरिवाना तिर्नुपर्ने भएको छ ।

बिज्ञापन

यसका लागि महानगरले आज आफ्नो बैंक खाता नम्बरसहितको पत्र धुम्बाराहीस्थित राप्रपाको पार्टी कार्यालयमा पठाएको हो ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अध्यादेशबाटै खारेज हुँदैछ कर्मचारी ट्रेड युनियन

एक झड्कामै ११ सयको पद चट,यी नियुक्ति हुँदैछन् एकैपटक खारेज

देशैभरबाट २५ सय बढी शाखा अधिकृतहरु राजधानीमा

नदी करिडोर र सार्वजनिक जग्गामा बनेका संरचना १५ दिनभित्र हटाउन टोखा नगरपालिकाको निर्देशन

राजस्व अनुसन्धान विभाग खारेज भएपछि सीमामा तस्करी बढ्यो : फ्लाइङ स्क्वाड प्रभावहीन

अब निजामती किताबखानाको सम्पूर्ण सेवाहरु अनलाइनबाटै

राजस्व अनुसन्धानको ठूलो एक्सन : पौडेल दम्पतीविरुद्ध करिब ६९ करोडको मुद्दा

उपसचिवविरुद्ध दोश्रो भ्रष्टाचार मुद्धा दायर,अधिकृत,नासुसहित ८ प्रतिवादी

बिशेष