करोडपति मालपोतको हाकिमलाई विशेषको सफाई : फैसलाविरुद्ध सर्वोच्च पुग्यो अख्तियार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई विशेष अदालतले गरेको फैसला चित्त नबुझेको भन्दै सर्वाेच्च अदालतमा पुगेको छ । अकूत आर्जनको मुद्धा चलाएको भूमिसुधार तथा मालपोत कार्यालय ललितपुरमा कार्यरत मालपोत अधिकृत बद्रीराज ढकालको पक्षमा विशेषले फैसला सुनाएपछि मुद्धा पुनरावलोकनका लागि भन्दै अख्तियार सर्वाेच्चमा पुगेको हो । १० करोड अकुत मुद्धामा डामिएका मालपोतका हाकिमलाई विशेष अदालतले सफाइ दिएपछि अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन मुद्दा दायर गरेको हो ।​​​

बिज्ञापन

अख्तियारले बद्रीराज ढकाल, सिर्जना अर्याल ढकाल र नवराज अर्यालविरुद्ध १० करोडको भ्रष्टाचार मुद्दा दायर गरेको थियो । मालपोत अधिकृत ढकालले रु १४ करोड ५३ लाख ८२ लाख ४९८ बराबरको खर्च तथा लगानी गरेको र अनुसन्धानका क्रममा ढकालको रु १० करोड २७ लाख ५८ हजार ४६१ अवैध पाइएको अख्तियारको आरोपपत्रमा उल्लेख थियो । मालपोत अधिकृत ढकाल २०५४ माघ १४ गते अस्थायी शिक्षकका रुपमा सार्वजनिक सेवामा प्रवेश गरी मालपोत कार्यालय लमजुङबाट खरिदारको पदमा प्रवेश गरेका थिए ।

बिज्ञापन

जागिरको अवधिमा सधैं आकर्षक मालपोत कार्यालयमा चाहार्दै ललितपुर मालपोत कार्यालयमा कार्यरत अधिकृत बद्रीराज ढकालले १० करोडभन्दा बढी सम्पत्ति आर्जन गरेको अख्तियारको आरोपपत्रमा उल्लेख थियो । जागिरे जीवनको लामो समय तनहुँ, कास्की, डिल्लीबजार काठमाडौं, पर्सासमेतका मालपोत कार्यालयहरुमा कार्यरत रही मालपोत कार्यालय लगनखेल, ललितपुरमा कार्यरत रहेको समयमा ७७ सालमा अख्तियारले विशेषमा मुद्धा दायर गरेको थियो ।

सार्वजनिक सेवामा प्रवेश पश्चात बद्रीराज ढकालले साली नाताकी व्यक्तिका नाममा सवारी साधन खरिद गरी प्रयोग गर्ने गरेको,आफू र आफ्नै परिवारका सदस्यहरुको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा संचालित बैंक खाताहरुमा खासै कारोवार नगरी नदेखाई आफूले गैरकानूनी रुपमा आर्जित स्रोत खुलाउन नसक्ने अवैध आर्थिक कारोवारलाई लुकाउने छिपाउने उद्देश्यले अष्ट्रेलिया बसोबास गर्दै आएका जेठान नाताका नवराज अर्यालका नाममा जनता बैकमा नयाँ खाता खोलेको प्रमाणसहित अख्तियारले विशेष अदालतमा दायर गरेको आरोपपत्रमा उल्लेख छ ।

बिज्ञापन

तर विशेष अदालतले अख्तियारको माग दाबी नपुग्ने फैसला गरेको थियो । विशेषको सो फैसलाविरुद्ध आयोग सर्वोच्च पुगेको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

लमजुङको सिडियोमा खनाल

उच्च सरकारी वकिलको कार्यालयले भन्यो : सिंहदरबार आगजनीका आरोपीलाई मुद्धा चलाऊ

खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति स्थगित

चुनाव अगाडि मन्त्रिपरिषद्को बैठक अनिश्चित,मुख्यसचिव सतर्क

मध्यपूर्व क्षेत्रका ९ देशमा तनाव हुँदा नेपालका २१ उडान रद्ध,हजारौं यात्रु अलपत्र

इरानमा अमेरिका र इजरायलको आक्रमण : कति सुरक्षित छन् त्यहाँ नेपाली ?

स्वतन्त्र उमेद्धार फूँयालको चुनावी घोषणापत्र सुशासन र उद्यमशीलता प्रथामिकता

निर्वाचनका दिन सवारी साधन नियमन : कसलाई पास चाहिन्छ, कसलाई चाहिँदैन ?

बिशेष